Erani Mahal
सिद्धार्थ राजमार्गमा घुम्ती बिस्तारकाे काम कछुवा गतिमा
89154330_3075406455843407_6033152401916035072_n-1

पाल्पा - सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा घुम्तीमा सडक निर्माण गर्ने ठेकेदारले दुई/तीन वटा मात्र डोजर चलाएर बिस्तारै काम गरिरहेको छ । सडककाे घुम्ती काट्ने काम समेत प्रर्याप्त डाेजर नलगाउँदा काममा ढिलाइ भएकाे छ । यही तालले हो भने केही घुम्ती काट्न महिना दिन लाग्ने अनुमान गरिएकाे छ ।

त्यावश्यक स्थलकाे काममा ढिलासुस्ती

सडक भनेकाे अत्यावश्यक स्थल हाे । पछिल्लाे समय सरकारले सडक तथा राजमार्गलाइ समेत अत्यावश्यक स्थलकाे रूपमा घाेषणा गरेर एक मिनेट पनि सडक बन्द गरे कडा कारबाही गर्ने कानुन समेत ल्याएकाे छ । तर यहाँ भने सडक बिस्तारमा चरम लापरबाही गरिएकाे छ । यस्तो अत्यावश्यक स्थलमा सडक कार्यालय र सम्बन्धित निकायले रातभर काम गरेर सडक बिस्तारको काम सक्नुपर्ने अधिकांश यात्रुको गुनासाे छ । सडक जस्तो स्थलमा काम गर्दा यात्रुले मर्का भोग्न नपरोस् भन्ने कुरामा सम्बन्धित निकाय सचेत भएको देखिएन यात्रु गोविन्द अधिकारीले भन्नुभयो । काम गर्ने ठेकेदार र सडक कार्यालय समेत सडक अबराेध भएकाे प्रति गम्भीर भएकाे देखिएन । ठूलाले जे गरे पनि कानुन नलाग्ने रहेछ उहाँले भन्नुभयाे ।

सडक बन्ने भाे हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य

यस सडकमा यात्रुहरूले सडक भत्काएर त्यसैँ छाड्ने र वर्षात्मा हिलाम्य र हिउँदमा धुलैधुलो हुने प्रवृत्ति बढ्दो छ । गत वर्ष पनि ठेकेदारले विभिन्न स्थानमा सडक बिस्तार गरेर भएको कालोपत्रे सडक समेत बिगारेर छाडेको छ । सडक तुरुन्तै कालोपत्रे नगर्ने हो भने सडकका घुम्ती काट्नुको अर्थ नरहने अधिकांश यात्रुहरुको भनाई छ । विगतमा सुधार गरेको घुम्तीका सडक नै कालोपत्रे हुन सकेको छैन त्यहाँ एक यात्रुले भने अहिले पनि सडक फेरी बिगारेर छाड्ने भयो । त्यसै त सिद्धार्थ राजमार्गका अधिकांश स्थानमा कालोपत्रमा घाउ छ । कालोपत्रे सडक ट्रिपरको अत्याधिक भारका कारण ध्वस्त जस्तै भएको छ । अब कालोपत्रे राम्रो भएका बाँकी सडक समेत बिग्रने चिन्ता यात्रुहरुलाई छ ।

सूचना बिनै सडक बिस्तार

पाल्पाको ढुङ्गगाखानीबाट रिब्दीकोट गाउँपालिकाको सिमाना सम्म जोडने मोटरबाटोमा जाम हुँदा यात्रुहरुलाई सास्ती खेप्नु परेको छ । सडक बिस्तारका लागि सडक बन्द गरेपछि तम्घास, अर्घाखाची, छहरा लगायतका ठाउँबाट आएका यात्रुहरु जाममा परेका छन् । सूचनाबिनै बाटो निर्माणका कारण यात्रुलाई सास्ती भएको हो ।

बाटो बनाएको थाहा नहुँदा आफ्नो एक दिन जाममै बितेको बुटवलका होटल व्यवसायी गंगबहादुर गुरुङ्ले गुनासो गर्नुभयो । घरबाट बुटवल हिडेको तर तीन लाकुरी र चरेमा जाममा पर्दा दिन नै बितेको उहाँले सुनाउनुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update