Erani Mahal
रामपुरमा तिहारका सयपत्री फुल तयार, व्यवसायीलाई फूल गास्न भ्याइनभ्याई
251181887_4477707535683964_7288308971681004101_n
पाल्पा - झिलिमिली पर्व तिहारका लागि पाल्पाको रामपुरमा सयपत्री फुल तयार भएको छ । ३ बर्षदेखि व्यवसायिक फूलखेती गर्दै आउनुभएका रामपुर–४ का दिल बहादुर थापाले तिहारलाई मध्यनजर गर्दै लगाउनुभएको फूलखेतीले उत्पादन दिएको छ । मौलिक र स्थानीय उत्पादन फूलमा आकर्षण बढेसँगै फूल खेती बिस्तार गर्नुभएका दिल बहादुरको बारीमा ढकमक्क फुलेका फूल लिने पुग्नेहरु दिनप्रतिदिन बढेका छन् । केही बर्ष अघिसम्म प्लाष्टिकका मालाले तिहारमा बजार ढाक्ने गरेकोमा स्थानीय मौलिक उत्पादनका फूल पाएपछि ताजा सयपत्री, मखमली फूल दाजुभाईलाई लगाइदिने बढेका छन् । फूलको माग बढ्दो छ थापाले भन्नुभयो, त्यसैले ४ रोपनी क्षेत्रफलमा अहिले फूल खेती गरेको छु । बिगतका बर्षमा स्थानीयलाई प्राथमिकता दिनुभएका दिलुले फुलाएका फूलको माग बढ्दो थियो । जिल्लामा नै पहिलो व्यवसायिक फूलखेती शुरु गर्नुभएका थापाले स्थानीयलाई प्राथमिकता दिएर पनि विगतदेखि नेपालगञ्ज, बुटवलमा व्यापार गर्दै आउनुभएको छ । यसबर्ष फूल राम्रै छ तर पानीले अझै असर पु¥यायो थापाले भन्नुभयो । गतबर्ष कोभिड१९ का कारण व्यवसाय थलिएको उहाँले बताउनुभयो । कोरोनाले खासै कार्यक्रम भएन दशैंदेखि तयार भएका फूल तिहारको पर्वका २ दिन अघि केही मात्रामा कट्यो उहाँले भन्नुभयो । ५/७ बर्ष विदेश गएर फर्किनुभएका दिल बहादुरसँगै उहाँकी श्रीमती सुकमाँया पनि खेतबारीको खेतीमा साथ दिनुभएको छ। दिल बहादुरले फूलखेती सहित व्यवसायिक तरकारी पनि उत्पादन गर्दै आउनुभएको छ । पहिलेको तुलनामा फूल खेती बढाएका छौं, सयपत्री फूल अझ राम्रो जातको पनि ल्याएका छौं सुकमायाँले भन्नुभयो । यसबर्ष दशैं पर्वका बिवाहमा समेत राम्रो फूल बिक्री भएको छ । गतबर्षको दाजोमा यसबर्ष दशैं अघिदेखि नै कार्यक्रम भएकाले सामान्यतया फूल राम्रै बिक्री भएको हो । फूलको माग नेपालगञ्जबाट पनि आएको छ तर यस बर्ष तिहार पछि भएकाले फूल आफ्नै क्षेत्रमा खपत हुने भएकाले बाहिर पठाउन नसक्ने आकंलन हाम्रो छ उहाँले भन्नुभयो । तिहारको यो समय फूलको प्रति माला १ सय ५० र फुल प्रतिकिलो ५ सयमा बिक्री भएको दिल बहादुरले बताउनुभयो । दिल बहादुरको बारीमा फूलेका फूल लिन पाल्पा सहित छिमेकी जिल्ला स्याङ्गजा र तनहुँका समेत आउने गरेका छन् । पाल्पामा पछिल्लो समय सयपत्री फूलखेती गर्ने किसानको संख्या थपिन थालेको छ । फूलको राम्रो व्यापार हुने हुँदा व्यवसायिक फूल खेतीमा लागेका हुन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update