Erani Mahal
रामपुरमा आपाङ्गता परिचय पत्र वितरण
255895514_872748063433206_2891267625963469042_n
पाल्पा- जिल्लाको रामपुरमा अपाङ्गता परिचयपत्र वितरण शिविर संचालन भएको छ । रामपुर नगरपालिकाको आयोजनामा अपाङ्ग परिचयपत्र वितरण कार्यक्रमा रातो कार्ड - ५ वटा, निलो कार्ड - १४ वटा, पहेलो कार्ड - २ वटा र सेतो कार्ड - ११ वटा गरी ३२ वटा परिचय पत्र वितरण गरिएको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । शिविरमा कार्ड हराएकाहरुको रातो कार्ड - १ वटा, निलो कार्ड - १ वटा समेत नयाँ प्रतिलिपि कार्ड जारी गरिएको छ । यस्तै अपाङ् परिचय पत्रको लागि रिपोर्ट आउन बाँकी १२ वटा र सम्पर्कमा नआएका ३ वटाको निवेदन परेको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update