Erani Mahal
रामपुरमा २ हजार ७ सय ३६ जनाकाे मतदाता नामावली संकलन
265367406_442240207483610_3696625589745973049_n
पाल्पा- पाल्पामा जारी मतादाता नामावली संकलन अन्तर्गत रामपुर नगरपालिकाबाट २ हजार ७ सय ३६ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम भरेका छन् । जिल्ला निर्वाचन कार्यालय पाल्पाले पहिलो चरणमा रामपुर नगरपालिका संगै जिल्लाको पूर्वखोला गाउँपालिका, माथागढी गाउपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा मंसिर १७ देखि २६ सम्म नामावली संकलन गरेको थियो । १० वडा रहेको रामपुर नगरपालिकामा नागरिकको चापले एक दिन समय थप गरि नामावली संकलन गरेको हो । सो अबधिमा रामपुरमा नगर भित्रका २ हजार ६ सय ८३ जना र पाल्पाका अन्य पालिकाको ठेगाना उल्लेख गरि ५३ जना गरी २ हजार ७ सय ३६ जनाको नामावली संकलन गरिएको रामपुर नगरपालिकाका प्रशासन अधिकृत युवराज पन्थीले जानकारी दिनुभयो । जसमध्ये रामपुरका १ हजार २ सय ५५ जना महिला र १ हजार ४ सय २८ जना पुरुष गरी २ हजार ६ सय ८३ जनाले फोटो सहितको मतदाता नामावली भरेका छन् । रामपुर नगरपालिका वडा नं. १ का २ सय ३१, वडा नं. २ का १ सय ६२, वडा नं. ३ का २ सय ४२, वडा नं. ४ का ३ सय ३४, वडा नं. ५ का ३ सय १०, वडा नं. ६ का २ सय ७, वडा नं. ७ का २ सय ३८, वडा नं. ८ का ४ सय ४, वडा नं. ९ का १ सय ९३ र वडा नं. १० का ३ सय ६२ जनाले नामावलीमा नाम दर्ता गराएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेले बताउनुभयो । जिल्लाकै अन्य पालिकाका ५३ जनाले रामपुरबाट आफ्नै ठाउँको ठेगाना राखी नामावली भरेको प्रशासन अधिकृत पन्थीले जानकारी दिनुभयो। वडागत अनुसार मतदाता नामावली संकलन गरिएको र चाप बढेपछि एकैदिन २/३ वडाका दरले पुनः थप अर्को दिन बोलाएर काम गरेको हो । दैनिक बिहान ७ बजे देखि राति ८ देखि १० बजे सम्म पनि नामावली संकलन गरिएको अधिकृत पन्थीले बताउनुभयो । रातमा पनि लाइन बसेपछी हामीले सबैको सल्लाह र रहोबरमा राती अबेर सम्म पनि काम गर्यौ उहाँले भन्नुभयो । यसैबिच जिल्ला निर्वाचन कार्यालय पाल्पाले पौष १ गते बाट इलाका प्रशासन कार्यालय रामपुर बाट नामावली संकलन गर्ने भएको छ । जिल्ला निर्वाचन कार्यालयले दोस्रो चरण अन्तर्गत मंसिर २८ देखि निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिका बाट नामावली संकलन शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पा र जिल्ला निर्वाचन कार्यालय पाल्पाबाट भने निरन्तर नामावली संकलन भैरहेको छ भने जिल्ला निर्वाचन कार्यालय पाल्पाबाट सच्याउने व्यबस्था पनि छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update