Erani Mahal
रोटरी क्लब अफ रामपुरले  मनायाे पहिलो स्थापना दिवस
269102606_505324630691158_2789292101773042075_n
सीता डाेटेल, पाल्पा -  रोटरी क्लब अफ रामपुरको स्थापना दिवस गतबर्ष रामपुरमा स्थापना भएको रोटरी क्लबले पहिलो स्थापना दिवस मनाएको छ ।   रोटरी क्लबको बार्षिकउत्सवको उद्घाटन गर्दै प्रदेश सभा सदस्य युवराज खनालले रोटरीको सन्देश मानव सेवा सँगै अन्य बाधामा सहजता ल्याउने भएको बताउनुभयो । जुन उद्देश्यले अन्तराष्ट्रिय तहमा रोटरीको जन्म भयो उहाँले भन्नुभयो–नेपाल र स्थानीय स्तरका रोटरी पनि त्यही मर्ममा चल्नुपर्दछ । स्थापनाको छोटो समयमा रामपुर रोटरीले गरेको सेवाभावको सम्मान गर्दै खनालले आफ्नो तर्फबाट सधै सहयोग रहने बताउदै सहकार्यमा सामाजिक काममा लाग्न उहाँले आग्रह गर्नुभयो ।   रोटरीका एसिस्टेड गभर्नर राज कुमार गुप्ताले स्थानिय आबश्यकता र समन्वयमा रोटरीले मुलमन्त्र लिएर सामाजिक काममा लाग्ने बताउनुभयो । रोटरी क्लब बुटवलका जिएस आर कृष्ण अर्यालले ‘‘स्वार्थ भन्दा सेवा’’ भन्ने नारालाई आत्मसाथ गर्दै स्थानीय आवश्यकता पहिचान गरेर अघि बढ्न आग्रह गर्दै क्लबको परियोजना पनि यहीे सिद्धान्तमा रहेको उल्लेख गर्नुभयो । ध्रुबकुमार धितालले पछिल्लो समय रोटरीले आवश्यकता महशुस गरेर वातावरण जोगाउन कार्य क्षेत्र बनाएर काम गरेको बताउनुभयो । रोटरी क्लब बुटवलका रोटरीयन डा.तारा प्रसाद उपाध्यायले रोटरीलाई प्रयोग गर्ने कला जान्न आवश्यक रहेको बताउनुभयो । यसको प्रयोग कसरी गर्ने हो उहाँले भन्नुभयो–रोटरी निरस पनि हुन्छ त्यसैले सही उपयोगी किसिमले रोटरीलाई लिनुपर्छ । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले रोटरी, लायन्स सहितका अन्तराष्ट्रिय संस्थाहरु सक्नेले नसक्नेलाई सहयोग गर्ने अभिप्रायले जन्मिएको बताउदै यसको मर्म स्थापित गर्दै लैजानुपर्ने बताउनुभयो । रेडियो रामपुरका स्टेसन म्यानेजर छवि खनाल, पृथ्वी टेलिभिजनका व्यबस्थापक कृष्ण पौडेलले शुभकामना व्यक्त गर्नुभएको थियो । यसैबिच रोटरी क्लबको फस्ट चार्टड डे तथा नियमित मिटिङ्ग अन्तर्गत थपिएका ५ जना नयाँ सदस्यलाई संस्थाले रोटरी ब्याच र प्रमाणपत्र प्रदान गरेको छ । रोटरी क्लब अफ रामपुरका अध्यक्ष राजु प्रसाद श्रेष्ठले अन्तराष्ट्रिय तहमा गतबर्ष सुचिकृत भई स्थापना भएको रोटरी क्लब अफ रामपुरले एक बर्षको अन्तरालमा यस क्षेत्रमा सामाजिक काम गरेको बताउनुभयो । उहाँले यो छोटो अबधिमा विश्वमा संक्रमणको रुपमा फैलिएको कोभिड रोकथामका लागि ५० शैंयाको रामपुर अस्पताल, फन्ट लाइनमा खटिने रामपुर क्षेत्रमा क्रियाशिल पत्रकार र इलाका प्रहरी कार्यालयका प्रहरीलाई मास्क, सेनिटाइजर, गोब्स पिपिई सेट सहितको स्वास्थ्य सामाग्री, छिमेकी निस्दी गाउँपालिकाका २ विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहित तालिममा सहभागी गराएको बताउनुभयो । उहाँले कोभिडका कारण अझ कार्यक्रम गर्न बाधा पुगेको बताउदै रोटरीले अब छिट्टै रामपुर क्षेत्रका सिमा नाकामा सन्देशमुलक होडिङ बोर्ड राख्ने, निःशुल्क स्वास्थ्य शिविर, बृक्षारोपण र रोटरी डायरी प्रकाशन लगायतका काम गर्ने योजनामा रहेको जानकारी दिनुभयो । यसैबिच रोटरी क्लबले प्रदेश सभा सदस्य खनाल, रोटरी क्लब बुटवलका अतिथि सहित पाहुनालाई मायाँको चिनो ढाकाटोपीले सम्मान गरेको छ । रोटरी क्लब रामपुरका सदस्यलाई खादाले सम्मान गर्दै नयाँ सदस्य र उनका परिवारलाई रोटरी प्रवेशको शुभेच्छा प्रदान गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । संस्थाले रोटरी डायरी प्रकाशनको तयारी गरेको बताउदै डायरी प्रकाशन संयोजक तथा रोटरीका कोषाध्यक्ष बाबुराम श्रेष्ठले सबै सदस्यहरुले लेख तथा बायोँडाटा बुझाउन आग्रह गर्नुभएको थियो । रोटरीयन रुद्र नारायण श्रेष्ठको स्वागतबाट शुरु भएको कार्यक्रममा धन्यवाद रोटरीयन सागर प्रसाद देबकोटा र संक्षेप रोटरीयन विनोद श्रेष्ठले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रोटरी क्लब रामपुरका सचिब सुर्य घिमिरेले गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update