Erani Mahal

तानसेन – पाल्पामा दालचिनीको काट्ने क्रममा लडेर तिनाउ गाउँपालिका–५, बस्ने ४६ वर्षीय शेरबहादुर गाहाको मृत्यु भएको छ ।

शनिबार दिउँशो ३ बजेतिर घरदेखि तीन किलोमिटर टाढा चिन्डियाँ गैरा नजिकै रहेको दालचिनीको बोटमा चढेर हाँगा काट्ने क्रममा लडेर गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लडेर घटनास्थलमै मृत्यु भएका गाहाको शवको पोष्टमार्टमका लागि तानसेनस्थित पाल्पा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

 
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update