Erani Mahal

तानसेन – पाल्पामा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–४, मित्याल गाँङ्सिङ्डाँडा बस्ने ४८ वर्षीय डम्बर बहादुर सारु रहनुभएको छ ।

 

शुक्रबार घर नजिकैको बारीमा फाँपर खान आएको जङ्गली जनावर दुम्सीलाई मार्न जाने क्रममा लड्दा अचानक भरुवा बन्दुक पड्किन जाँदा सारुलाई बन्दुकको छर्राले लागेको थियो ।

 

 

सो घटनाबाट गम्भीर घाइते हुनुभएका सारुको रामपुरस्थित रामपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयाे ।

 
 
 
 
 
 
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update