Erani Mahal
पाठेघर र स्तन क्यान्सरको जाँच शिविर सञ्चालन

तानसेन – पाल्पामा सञ्चालन भएको पाठेघर र स्तन क्यान्सरको जाँच शिविरमा झण्डै तीन सय जना महिलाले सेवा लिएका छन् ।

Sibir-mahila-tansen-1703602499.jpg
 

जिल्ला सदरमुकाम तानसेनका १८० जना महिलामा भएको जाँचमा १४ जना महिलाको नतिजा पोजेटिभ आएको छ भने ४० जना महिलामा सङ्क्रमण देखिएको छ । यस्तै रामपुर नगरपालिकाको जब्गादीमा ९९ जना महिलामा भएको जाँचमा तीन जना महिलामा समस्या देखिएको शिविरका संयोजक समीरमान सिंहले जानकारी दिनुभयो । 

 


उहाँका अनुसार ग्रामीण क्षेत्रको तुलनामा सदरमुकाम तानसेनका महिलामा पाठेघर सम्बन्धी समस्या देखिएको छ । स्वास्थ्यमा समस्या आएका महिलालाई तत्काल थप जाँचका लागि रिफर गरिएको डा. प्रमेश्वरी श्रेष्ठले जानकारी दिनुभयो । समयमै उपचार पाए क्यान्सर हुने सम्भावनालाई न्युनीकरण गर्न सकिने उहाँले बताउनुभयो । 


निशुल्क शिविर पाल्पा लायन्स क्लबको आयोजना, नेपाल अष्ट्रेलियन राजदुतावास, नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेसनको सहयोगमा भएको हो । शिविरमा तानसेनमा १५० जना र रामपुरमा ११० जना व्यक्तिहरूमा मधुमेहको समेत निशुल्क परीक्षण गरिएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update