Erani Mahal
तानसेनमा एक युवक मृत फेला

तानसेन – जिल्ला सदरमुकाम तानसेनका विभिन्न स्थानमा डुली हिड्ने एक जना युवा मृत फेला परेका छन् ।

शुक्रबार दिउँशो १ बजेतिर रुपन्देही जिल्ला खैरहनी घर भएका २१ वर्षका साजन दमाइ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

दमाइ तानसेन–५, कैलाशनगरस्थित खानेपानीको मोटर राख्ने घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सन्तोष चन्दले बताउनुभयो । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update