Erani Mahal
तानसेनमा जारी क्रिकेट प्रतियोगितामा तानसेन–९, र तानसेन–१ (ए) फाइनलमा प्रवेश

 पाल्पा – तानसेनमा जारी क्रिकेट प्रतियोगितामा तानसेन–९, दमकडा र तानसेन–१ (ए) फाइनलमा प्रवेश गरेको छ ।

तानसेन नगरपालिकाले आयोजना गरेको प्रथम मेयर क्रिकेट प्रतियोगितामा यी दुई समूह फाइनलमा प्रवेश गरेको हो । 

यी दुई समूहको फाइनल खेल पुस २० गते टुंडिखेल मैदानमा हुने नगर खेलकुद विकास समितिका संयोजक हेमन्तराज शाक्यले जानकारी दिनुभयो । प्रतियोगितामा विजेताले नगद ६० हजारसहित ट्रफी पाउनेछ भने उपविजेताले नगद ३० हजार ट्रफी पाउनेछ । 
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update