Erani Mahal
मोतियाविन्दु भएका ९९ जनाकाे शल्यक्रिया

तानसेन – मोतियाविन्दुको शल्यक्रियापछि ९९ जना बिरामीले आँखाको ज्योति पुन पाएका छन् । मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाएका तिनाउ गाउँपालिकाभित्रका ९९ जनाले शल्यक्रियापछि नयाँ ज्योति पाएका हुन् । 
विगत केही वर्षदेखि मितियाविन्दुको समस्याले आँखा नदेख्ने बिरामीको शल्यक्रियामार्फत ज्योति फर्काइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले बताउनुभयो । तिनाउ गाउँपालिकाभित्र अधिकांश जेष्ठ नागरिकमा मोतियाविन्दुको समस्या थियो । 
शल्यक्रियाका लागि तानसेन र भैरहवा जानुपर्ने बिरामीका लागि गाउँमै निशुल्क सुबिधा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले १३ स्थानमा गरेको एकीकृत स्वास्थ्य शिविरबाट पहिचान भएका बिरामीको निशुल्क शल्यक्रिया गरिएको पालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । 
मोतियोविन्दुको शल्यक्रिया गर्न आएका पाँच जना सेवाग्राहीको भने उच्च रक्तचापका कारण शल्यक्रिया हुन नसकेको रण अम्बिका आँखा अस्पताल भैरहवाकी एसोसियट प्रोफेसर डाक्टर शुशिला पटेलले बताउनुभयो । निशुल्क आँखा शिविर तिनाउ गाउँपालिकाको दोभान स्वास्थ्य चौकीमा दुई दिनसम्म चलेको थियो । शिविर सञ्चालनका लागि पाल्पा लायन्स लाकौल आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update