Erani Mahal
रामपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी माविलाई

पाल्पा - रामपुर नगरपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले जितेको छ । तीन दिन सम्म चलेको प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलमा उत्कृष्ट स्थान हासिल गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले जितेको हो । प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा ९ स्वर्ण पदक, ६ रजत र ४ कास्य सहित १७ पदकका साथ रामतुलसीले चौथो पटक रनिङ्ग शिल्ड जित्न सफल भएको हो ।

 

 


त्यस्तै प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र २ कास्य सहित १० पदका साथ जनकल्याण माध्यमिक विद्यालय रामपुर १० द्धितिय भएको छ । तृतिय उपाधी नवदुर्गा माविले प्राप्त गरेको छ । ४ स्वर्ण, १ रजत र ३ कास्य सहित नवदुर्गा माविले तृतिय स्थान हात पारेको हो । प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित भूपू सैनिक राईजिङ्ग इङ्गलिश स्कुल सान्त्वना भएको छ ।

 

 

 

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी र तेक्वान्डो अन्र्तगतका १६ विद्याको खेलमा छात्रछात्राहरुले प्रतिस्पर्धा गरेका थिए । नगर भित्रका १७ सामुदायिक र ४ संस्थागत गरी २१ विद्यालयका छात्रछात्राहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालयकोे व्यवस्थापनमा गत विहिबार देखि ३ दिन सम्म रामपुर ६ विजयपुर खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो ।

 


 प्रतियाेगिता समापनका अवसरमा आईतवार    विद्यार्थी तथा विद्यालयलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेल हार जितका लागि मात्र नभई स्वास्थ्य र अनुशासनका लागि पनि भएको बताउनुभयो । उहाँले खेलकुदले खेलको मात्र नभई मानसिक र सामाजिक विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । नगर प्रमुख थापाले विद्यार्थीहरुलाई बधाई सहित आगामी प्रतियोगिताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । आयोजक विद्यालय दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सदस्य सचिव सुन्दर प्रसाद देवकोटाले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन शिक्षक दिपेन्द्र प्रसाद भट्टराई र राधिका केसीले गर्नु भएको थियो ।

 



   प्रतियोगितामा विजयी विद्यार्थी र विद्यालयलाई शिल्ड , मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । यस भन्दा अगाडीका पनि रामतुलसी माध्यमिक विद्यालयले लगातार ३ पटक सम्म रनिङ्ग शिल्डको उपाधी जितेको थियो ।

 
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update