Erani Mahal
नेत्र ज्योति संघ पाल्पाको वार्षिक साधारणसभा सम्पन्न

पाल्पा - नेपाल नेत्रज्योति संघ पाल्पाको २३ औ वर्षिक साधारणसभा  तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि संघका लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणाले आँखाकाे उपचारमा स्वयंसेवक भावनाले अगाडि बढ्नुपर्नेमा जाेड दिनुभएकाे छ । 

प्रमुख अतिथि राणाले नेत्रज्योति संघको समन्वय चन्दादाता, जग्गादाताहरुको सहयोगले देशभरका आँखा अस्पताल संचालन भएको बताउनुभयो ।

साधारणसभामा सचिव राजेन्द्र लिगलले वर्षिक प्रतिबेदन प्रस्तुत गर्नु हुँदै फागुन महिना देखि आधुनिक प्रबिधिबाट आँखाको शल्यक्रिया हुने तयारी भएको बताउनुभयो । सचीव लिगलले नेत्रज्योति संघ पाल्पाले पाल्पा लायन्स लाकोल आँखा अस्पताल तानसेन, कालीगण्डकी आँखा उपचार केन्द्र रामपुर, तिनाउ आँखा उपचार केन्द्र दोभान र छहरा आँखा उपचार केन्द्र गरी ४ स्थानबाट सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयाे ।

netra-jyotii-1707146311.jpg
गुल्मी अर्घाखाँची र रामपुर मा महिनाको एकपटक शल्यक्रिया सेवा दिदै आएको छ । कार्यक्रममा कोषाध्यक्ष बेदराम श्रीसले नेत्र ज्योति संघतर्फ करिब ८ लाख बराबरको र आँखा अस्पताल तर्फ ४ करोड ४३ लाख ८३ हजार ९३८ रुपैयाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा आजिवन सद्स्य केदारलाल श्रेष्ठ, छिमेकी जिल्ला नेत्रज्योति संघका कोषाध्यक्ष राजेस ढकाल, कालीगण्डकी आँखा उपचार केन्द्रका प्रतिनिधि भोजेन्द्रप्रकाश ढकाललगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

सो अबसरमा नेत्रज्योति संघका भुतपुर्व सहसचीव स्वर्गीय लोकप्रसाद ढकालको स्मृतिमा धर्मपत्नी शारदा ढकालले अस्पता मा एउटा कक्ष निर्माणका लागि रु ३ लाख ५ रुपैयाँ आर्थिक सहयोग गर्नु भएको भएको थियो । कार्यक्रममा संघका उपसभापति भीमसेन कार्कीले स्वागत सचीव राजेन्द्र लिगलको सन्चालन र बुद्धिप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो। 

 
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update