Erani Mahal
सफल सत्कर्म कविता

सफल जीवन गतिशिल, गतिहिन शुन्यता । 
पुष्पित पल्लवित जीवन, श्रेष्ठ गतिशिलता ॥
चित्त मनको प्रफुल्ता, स्वस्थ पनि सुन्दरता ।
असल धर्म श्रवण गर्नु, श्रेष्ठ सर्वोत्म कुरा ॥

 

 

जीवनको बाटो छोटो थियो, तर हिड्नु थियो । 
किनकी मलाई मेरो लक्ष्यमा, जसरी पुग्नु थियो ॥
गरिन गुनासो कहिल्यै, बाटोको ठक्कर सित ।
यसबाट निस्किएर ‘निर्वाण’, सम्म पुग्नु थियो ॥

 

 

सहि धर्मले मानिसलाई, सिकाउँछ गर्न गर्व ।
अधर्मीले प्राणीहरुलाई, बनाउँछ पशु-जन ॥
मानव सर्त - धर्म नै हो, यहाँ संस्कार जन्म ।
यहि सोंच राखी हामीले, गरौं यहाँ सहि सत्कर्म ॥

 
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update