Erani Mahal
साहित्यकार भावनाको ‘भाव संगम’ कविता संग्रह लोकार्पण

पाल्पा -  साहित्यकार भावना खनालद्धारा लिखित ‘भाव संगम’ कविता संग्रहको लोकापर्ण गरिएको छ ।  कविता संग्रहको पाल्पा सदरमुकाम तानसेमा विहीबार पाल्पाली साहित्यकार चोलेश्वर शर्माले लोकापर्ण गर्नुभयाे  ।

विश्व नेपाली साहित्य प्रतिष्ठान पाल्पाले एक औपचारिक कार्यक्रमको आयोजना गरी लामो समय साहित्यिक क्षेत्रमा क्रियाशिल रहँदै आएकी खनालले पहिलो कृतिका रुपमा कविता संग्रहकाे सार्वजनिक गरिएकाे हाे । 

उहाँले २०६७ देखि लेख्दै आएका कविताहरुलाई संकलन गरी संग्रहरुपमा प्रकाशन गरेकाे बताउनुभयाे ।   आफ्नै आमा तिला कुमारी बस्याल प्रकाशक रहेको कृतिमा ६० वटा कविता संलग्न छन् ।

 

 

कृतिमाथि टिप्पणी गर्दै साहित्यकार  तथा विश्व नेपाली साहित्य प्रतिष्ठान दाङका अध्यक्ष कृष्ण डिसीले परिस्कृतवाद र छन्दवादको समिश्रणले कविता भरिपूर्ण रहेको बताउनुभयाे  । अर्का समिक्षक तथा प्रतिष्ठानकी सल्लाहकार लक्षीमा ज्ञवालीले भावनाका कविता छन्दवद्ध रहेको बताउनुभयाे । उहाँले कविता पठनीय र सान्दर्भीक रहेको बताउनुभयाे । 

 

 

कार्यक्रममा प्रमुख अतिथि हास्यव्यंग्य साहित्यकार चोलेश्वर शर्माले  नेपाली साहित्यको क्षेत्रमा लेखक खनालले इटा थप्ने काम गरेको बताउनुभयाे  । उहाँले आगामी दिनमा लेखन कार्यलाई थप शसक्त ढंगले अगाडि बढाउन समेत लेखक खनाललाई आग्रह गर्नुभयाे । कार्यक्रममा विशिष्ट अतिथि रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख टंक भट्टराई, प्रतिष्ठान प्रदेशका सल्लाहकार नारायण प्रसाद पन्त, साहित्यकार तथा वरिष्ठ पत्रकार चन्द्र भण्डारी,    समाजसेवी राजन प्रसाद पन्त, धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्याल, साहित्यकार तथा उपप्राध्यापक डा. शंकर गैरे, नवजनचेतना राष्ट्रिय दैनिकका उपसम्पादक रामचन्द्र रायमाझी लगायतले कृति सफलताको शुभकामना व्यक्त गरे ।

 

 

कार्यक्रममा साहित्यकारहरु गुणवती केसी, सरु ज्ञवाली, रिता न्यौपाने लगायतले कविता वाचन  गरेका थिए ।  प्रतिष्ठान जिल्ला अध्यक्ष रमा पन्तको अध्यक्षता, सदस्य सविता भट्टराईको स्वागत, सचिव आयाम कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update