Erani Mahal
तानसेनमा वनमाली निराकारका कृतिमाथि विमर्श 

पाल्पा – जिल्लाको तानसेनमा वरिष्ठ साहित्यकार वनमाली निराकारका दुई  कृतिमाथिको विमर्श सम्पन्न भएको छ । वनमालीको मान्छेहरूको रङ कविता सङ्ग्रह र नयाँ सालिकको जन्म लघुकथासङ्ग्रह निराकारको ७५ औँ जन्मोत्सवका अवसरमा भैरहवामा विमोचन गरिएको थियो । धवल पुस्तकायका अध्यक्ष युवराज पौड्यालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि ः वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले नेपाली साहित्यमा वनमाली निराकारको योगदान उच्च रहेको बताउनुभयो । 

 


उहाँको कृति माथि  डा. टंकप्रसाद पन्थ र डा. शंकरप्रसाद गैरेले समिक्षा गर्नुभयो । कार्यक्रममा त्रिभुवन क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई, विजय सागर, रुद्र ज्ञवाली । साहित्यिक संस्थाका प्रमुख, प्रतिनिधि, साहित्यकार, शैक्षिक तथा सामाजिक व्यक्तिहरूको उपस्थिति रहेको थियो ।  

 


कार्यक्रममा रुद्र ज्ञवालीले वनमाली निराकारको परिचय उठान गर्नुभयो । कार्यक्रममा शुभकामना मन्तव्य  कार्यक्रममा प्रमुख अतिथि चोलेश्वर शर्मा, क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई, बुद्धिप्रसाद शर्मा, विजय सागर, सविता भट्टराई, रामप्रसाद अर्यालले गर्नुभयो ।  सन्तोष खनालको स्वागतमा भएको कार्यक्रमको संचालन  राजेशकुमार अर्यालले गर्नुभएको थियो । 

pardhanmantri-krsi-1718529245.jpg
 

 
 
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update