Erani Mahal
 सिद्धबाबा सुरुङ मार्ग निर्माणमा बम विस्फाेट गरिने, सवारी आगावन बन्द हुने  !

पाल्पा - जिल्लाकाे सिद्धार्थ राजमार्गकाे पाल्पा बुटवल खण्डमा रहेकाे सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न १३ जेठदेखि विस्फोट गराउने काम सुरु हुने भएको छ ।

 

 

कामलाई गति दिनका जेठ १० गते जिल्ला सुरक्षा समिति पाल्पाको बैठकले निर्णय गरेअनुसार १३ जेठदेखि विस्फोटको काम गरेर सुरुङकाे काम गर्ने आयोजनाले जनाएकाे छ । 

 

 

निर्माणको जिम्मा पाएको चाइना स्टेट इन्जिनियरिङ कम्पनीले नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोट गराइने र विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवगमन रोकेर काम गर्ने आयोजनाले जनाएको छ ।

 

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा शुक्रबार नेपाली सेनासहितको टोलीले विस्फोटको पूर्वाभ्याससमेत गरेको छ । पाँच् वर्षमा निर्माण सम्पन्न गर्नेगरी सुरु भएको सुरुङ मार्गको हालसम्म ११.४१ प्रतिशत भौतिक र १७.५ प्रतिशत वित्तीय प्रगति भएको छ ।

 

यस्तै मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । बाह्रै महिना पहिरो खस्ने दोभान सिद्धबाबा क्षेत्रमा कुल १ हजार १२६ मिटर लामो सुरुङ बन्नेछ।

 

यस क्षेत्रमा सुङग बनेपछि पाल्पा लगायतका स्थानीयलाइ यात्रामा सहजता हुने विश्वास लिइएकाे छ । 

krisi-gyan-1718538004.jpg

bhawan-1718537993.jpg

jalsort-1718537994.jpg

 

 
 
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update