Erani Mahal
कालीगण्डकी करिडोरको राम्दी रानीमहल खण्ड १५ वर्षदेखि अलपत्र

पाल्पा — उत्तर दक्षिण जाेड्ने कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रानीमहल–राम्दी १७ किलोमिटर सडकखण्ड १५ वर्षदेखि अलपत्र परेकाे छ  । यस खण्डमा ठाउँ–ठाउँमा खसेको पहिरोसमेत नपन्छाउँदा सवारीसाधन सञ्चालन हुन सकेको छैन । कालीगण्डकी करिडोर आयोजना कार्यालयले यस खण्डलाई चासो नदिएकाले सडकमा सवारी सञ्चालन हुन नसकेको स्थानीयको आरोप छ । 

 

 

 

करिडोरअन्तर्गत सिद्धार्थ राजमार्गको राम्दीदेखि पर्यटकीयस्थल रानीमहल जाने सडकअन्तर्गतको यम्घाको मन्द्रान, मझेटा र रानीमहल नजिकै खसेका ठूला पहिरो हटाइएको छैन, जसका कारण सवारीसाधन सञ्चालन सहज हुन नसकेको हाे । यहाँका विभिन्न स्थानमा खसेको पहिरो लामो समयदेखि नपन्छाइएको उनको गुनासो छ । पहिरो नहटाउँदा यस भेगका बासिन्दालाई १७ किलोमिटर पार गर्न ४० किमि टाढा घुमेर जानुपर्ने बाध्यता रहेको  छ । ‘ट्र्याक खुल्यो भनियो । तर वर्षायाममा सडकमा खसेका पहिरो पन्छाउने हो भने १४ किमिमै सिद्धार्थ राजमार्गको राम्दी पुग्न सकिन्थ्यो,’ बगनासकाली–७ खानीगाउँ दैलातुङका  शेर बहादुर बोटेले भन्नुभयाे, ‘यस विषयमा जनप्रतिनिधि, करिडोर आयोजना कार्यालयका कर्मचारीले सुनेको नसुन्यै गर्छन् ।’

 

 

 

यस खण्डमा ट्र्याक खोल्ने काममै ढिला भएको स्थानीयको गुनासो छ । खानीगाउँको रानीमहल नजिक बराङदी खोल्सा दायाँ–बायाँका साथै यम्घाको मन्द्रानको दुई स्थानको भीरलगायतमा ट्र्याक खोल्नै समस्या भयो । 

 

 

सबै सरोकारवालालाई राम्दी–रानीमहलको स्थलगत अनुगमन पनि भइसकेको छ,’ उनले भने, ‘यही आर्थिक वर्षमै टेन्डर प्रक्रिया अघि बढ्छ ।’ केही दिनमै ठेक्का खुल्ने निश्चित भएको आयोजना कार्यालय बर्तुङका प्रमुख शंकर पौडेलको भनाइ छ ।  माधव अर्यालबाट

 
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update