Erani Mahal
असिना पानीले पाल्पा गुल्मी र अर्घाखाँचीमा लाखौंको क्षति
Asina-

पाल्पा, शनिवार राती परेको असिनाले पाल्पा गुल्मी र अर्घाखाँची सहित ५ नम्बर प्रदेशका अधिकांश जिल्लाहरुमा लाखौंको क्षति पुगेको छ ।


असिनाले फल्दै गरेका सुन्तला, काफल, नस्पाती, आलु बोखडा लगाएत अन्य बालीहरुमा समेत असर गरेको छ । राती परेको असिनाका कारण पाल्पाका धेर्रै जसो ठाउँमा असर गरेको छ ।


पाल्पाको सन्तला उतपादनको क्षेत्र रैनादेवी छहरामा असिनाको प्रभाव सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित रैनादेवी छहराको सबै वडामा गए रातीको असिनाको कारणले गर्दा लाखौ रुपियाको क्षति भएको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनु भयो ।

अहिले रैना देवी छहरा गाउँपालिकामा फुल्दै गरेका सुन्तलाका गहुँ जौ, सुन्तला तथा अन्य तरकालीमा क्षति गरेको अध्यक्ष कार्कीले बताउनु भयो । यो समाचार तयार गर्दा सम्म अझै एक फुटको असिना चमेको र असिनाको कारण रैनादेवी छहरा गाउँपालिका सबै वडाहरु प्रभावित भएको अध्यक्ष कार्कीले बताउनु भयो । त्यस्तै पाल्पाको तिनाउ गाउँपालिकामा पनि असिनाले क्षति गरेको छ ।

तिनाउ गाउँपालिका विशेष गरी दालचिनिका पात केराउ तथा अन्य तरकालीहरुमा समेत असर गरेको गाउँपालिका अध्यक्ष ओम बहादर घर्तीले बताउनु भयो ।

शनिवरको असिनाको कारण तिनाउ गाउँपालिकामा पनि लाखौ क्षति भएको अध्यक्ष घर्तीले बताउनु भयो । असिनाको प्रभाव पाल्पाको धेरै ठाउहरुमा देखिएको छ । विशेष गरी फुल्दै गरेका काफल,सुन्तला तथा अन्य तरकालीहरु समेत असर पारेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update