पाल्पा – पाल्पामा शुक्रबार थप ३९ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले ७८ जनाको स्वाब परीक्षण गरिएकोमा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
माथागढीमा २, रामपुरमा ३, पूर्वखोलामा ६, रैनादेवी छहरामा ४, बगनासकालीमा ३, तिनाउमा २, रिब्दीकोटमा ५ र तानसेनमा १४ गरी ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
उहाँले संक्रमित मध्ये ३२७ जना घरमै उपचार भईरहेको छ भने २३ जनाको जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भईरहेको बताउनुभयो । योसँगै पाल्पामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ३५० पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८ १६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय