पाल्पा - पाल्पा जिल्लाकाे तानसेन नगरपालिकाले वडा नं.५,६ र ७ का पहिरो पीडितलाई राहत स्वरूप रकम हस्तान्तरण गरेको छ । विपद् व्यवस्थापन समितिका संयोजक भीमबहादुर कुमालका अनुसार नगरपालिकाकाे बिपत ब्यबस्थापन कोषबाट पहिरो पीडितलाई राहत स्वरूप रकम हस्तान्तरण गरेकाे बताउनुभयो ।
[caption id="attachment_20766" align="alignnone" width="768"] तस्विर सहयाेग : गाेविन्द भट्टराइबाट ।[/caption]
अविरल वर्षातका कारण भत्केर ज्यान गुमाएकी नगरपालिका वडा नं.५ का नैना दर्जीको बुबा नारायण दर्जीलाई राहत स्वरूप ३५ हजार रकम हस्तान्तरण गरिइएको हो ।
त्यस्तै अविरल वर्षातका कारण गएको पहिरोले घर पूर्ण क्षति भएका नगरपालिका वडा नं.६ र ७ का बद्री भट्टराई र मकरबहादुर थापालाई १०-१० हजारको चेक हस्तान्तरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेले जानकारी दिनुभयो।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८ २०:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय