Erani Mahal
काेइरालाकाे तीर्थयात्रा कृति  लाेकार्पण
तत
पाल्पा - पाल्पा साहित्य समाजकाे आयाेजनामा लेखक शिवप्रसाद काेइरालाकाे तीर्थयात्रा शीर्षकको धार्मिक नियात्रासङ्ग्रह एक समारोहबीच तानसेनमा सम्पन्न भयो । कार्यक्रमकाे सभापति पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी रहनुभएकाे थियाे । प्रमुख अतिथि पाल्पा भजन समितिका अध्यक्ष मंगलप्रसाद वज्राचार्य थिए । कृतिको समीक्षकका रूपमा समीक्षक दामाेदर नेपाल रहनुभएकाे थियाे । कार्यक्रममा उपस्थिति अतिथि र सहभागीहरूलाई पाल्पा साहित्य समाजका सदस्य गाेविन्द खनालले स्वागत गर्नुभयाे । समीक्षक दामोदर नेपालले तीर्थयात्रा कृतिले धार्मिक विषयलाई उठान गरेको सन्दर्भ उल्लेख गरे । लेखक आफू पुगेको ठाउँमा पाठकलाई पनि पुर्‍याउन सफल भएकाे कुरा उहाँले बताउनुभयाे । नेपाली समाजको एउटा महत्त्वपूर्ण पक्ष धार्मिक सांस्कृतिक विषयमा केन्द्रित रहेकाले कृति महत्त्वपूर्ण रहेको विचार उहाँलेे व्यक्त गर्नुभयाे । नाैवटा लेख भएको उक्त कृति सतहत्तर पृष्ठमा निर्मित रहेको उहाँले भन्नुभयाे । लेखकको निजात्मकता भन्दा वस्तुपरकता ज्यादा रहेको कुरासमेत उहाँले व्यक्त गर्नुभयाे । आफ्नो कुल र वंशप्रतिकाे आस्था लेखकमा रहेको कुरा उनले उल्लेख गर्नुभयाे । साे अवसरमा लेखक शिवप्रसाद काेइराला र उहाँकी धर्मपत्नी पार्वती काेइरालालाई पनि सम्मान अर्पण गरिएको थियोे । कार्यक्रममा शुभकामना व्यक्त गर्नेहरूमा तानसेन नगरपालिका वडा नं ३ का वडाअध्यक्ष बाबुकाजी शाक्यले लेखक तथा संस्थालाई बधाई ज्ञापन गरे । शिक्षाविद् मीनबहादुर केसीले पाल्पा साहित्य समाजको याेगदान प्रशंसनीय रहेको विचार व्यक्त गरी लेखकलाई बधाई ज्ञापन गर्नुभयाे । लेखकका सुपुत्र कमल काेइरालाले बुबाले गरेको सुकर्मप्रति प्रणाम र नमन व्यक्त गर्दै बधाई तथा शुभकामना प्रकट गर्नुभयाे । । प्रगतिशील लेखक संघ पाल्पाका अध्यक्ष रामप्रसाद अर्यालले प्राैढ उमेरमा कृति प्रकाशनमा ल्याएकोमा लेखकलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयाे । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगाेपाल सिंहले पाल्पा साहित्य समाजको पृष्ठभूमि उठाउन गरी कृति प्रकाशनकाे प्रसङ्ग उल्लेख गरे । साहित्यकाे साधना रुचि र रसकाे पक्ष रहेको कुरा उनले उल्लेख गरे । प्रमुख अतिथि मंगलप्रसाद वज्राचार्यले कृतिकारले धार्मिक कृति प्रकाशनमा ल्याएकामा हार्दिक बधाई ज्ञापन गर्नुभयाे । आफूलाई सम्झेर प्रमुख अतिथिको सम्मान दिएकाेमा धन्यवाद पनि व्यक्त गरे । कार्यक्रमका अध्यक्ष पुष्कर अथक रेग्मीले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, सम्पूर्ण व्यक्तिहरू र कृतिकारलाई धन्यवाद व्यक्त गरी कार्यक्रमकाे समापन गरे । कार्यक्रम समाजकी सदस्य इन्दिरा ज्ञवालीले सञ्चालन गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update