Erani Mahal
पाल्पा - संविधान दिवश २०८० को अवसरमा नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी पाल्पाले तानसेनमा दीप प्रजव्लन गरेको छ । तानसेनको सित्तलपाटीमा भएको दीप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि पाल्पा जिल्ला इन्चार्ज तथा पूर्व मन्त्री कृष्णध्वज खड्काले लामो बलीदानी र जनताको रगत पसिनाबाट प्राप्त संविधान सभाबाट बनेको संविधानको कार्यान्वयन अहिलेको प्रमुख विषय रहेको बताउनुभयो । उहाँले संविधानको सहि र प्रभावकारी कार्यान्वयन भएमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने बताउनुभयो । कार्यक्रममा पूर्व सांसद लिला सोमै, तुल्सा राना, तानसेन नगरपालिकाका कार्यवहाक नगरप्रमुख प्रतिक्षा सिंजाली, जिल्ला अध्यक्ष राजेन्द्र विश्वकर्मा लगायतका नेता कार्यकर्ताहरुले संविधान दिवशको अवसरमा शुभकामना दिनुभयो । कार्यक्रम क्रान्तिकारीका जिल्ला संयोजक ताराबहादुर रायमाझीको अध्यक्षता तथा त्रिवक्या इकाई अध्यक्ष भिमबहादुर लुंघेलीको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update