Erani Mahal
मुक्तक
shova
मुक्तक १. सानो सोच होइन हेर! विशाल बनाउने छु हाम्रो सम्बन्ध एकदिन बबाल बनाउने छु जुन दिन तिमि सत्ता शक्तिबाट बाहिरिन्छौ नि सुन! बल्ल म सुन्दर शान्त नेपाल बनाउने छु। २. खोजे चारैदिशा भेटिन तर घरभित्र रहेछ आफ्नै मन सत्रु अनि यही मन मित्र रहेछ आँखा चिम्लिएर विश्वास गर्नु भुल थियो कसरी बुझौं आफ्नैको दोहोरो चरित्र रहेछ। शोभा कडरिया कोइराला
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update