Erani Mahal
मंसिर २० गतेदेखि तानसेनमा मेयर कप हुने
patrakar sammelan palpa
तानसेन – तानसेनमा प्रथम मेयर कप हुने भएको छ । नगरपालिकाको आयोजनामा यही मङ्सिर २० गतेदेखि प्रथम मेयर कप प्रतियोगिता हुन लागेको हो । सोमबार तानसेनमा पत्रकार भेटघाट गरेर पहिलो पटक प्रतियोगिता गर्न लागेको जानकारी नगरपालिकाले दिएको हो । प्रतियोगिता अन्तर्गत फुटबल, क्रिकेट र व्याडमिन्टन प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका अध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो । प्रतियोगितामा विजेतालाई नगद एक लाख, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । उपविजेताले नगर ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ । नगरभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाउने प्रतियोगितामा हालसम्म १० वटा टिम सहभागी हुने प्रमुख प्रकाशकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो । प्रतियोगिताको व्यवस्थापन जिल्ला फुटबल सङ्घले गर्ने नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा क्रियाशील खेलाडीहरूको अन्तरनिहीत क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । खेल क्षेत्रका विकासका लागि नगरपालिको यो वर्ष १५ लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । नगरपालिका जिल्लासदरमुकाम भएकाले पनि यहाँ अन्य खेल गतिबिधि हुने भएकाले बजेट व्यवस्थापन गर्न गाह्रो हुने गरेको उहाँको भनाई छ । आगामी दिनमा अन्य खेल तथा खेलाडीको दुर्घटना विमामा समेत नगरपालिकाले बजेट विनियोजन गर्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । प्रतियाेगितामा नगरभित्रका खेलाडीले मात्र सहभागी हुन पाउनेछन् । पत्रकार सम्मेलन नगर खेलकुद विकास समितिका संयाेजक हेमन्तराज शाक्यकाे अध्यक्षता र शिक्षा शाखा संयाेजक काेपिला न्याैपानेकाे संचालनमा सम्पन्न भएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update