Erani Mahal
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम
antarkriya
तानसेन – लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज तानसेनमा अन्तरक्रिया कार्यक्रम भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले अहिले पनि पीडितले हिंसा लुकाएर बस्ने अवस्था रहेको बताएका थिए । उचित न्याय र सचेतनाको अभावमा लिङ्गका आधारमा हुने हिंसा समाजमै लुकेर बसेको वक्ताहरूले बताएका थिए । सामाजिक डिभिजन कार्यालय पाल्पाको आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख काशिका ज्ञवालीले हिंसाबाट मुक्त हुनका लागि आर्थिक रुपमा सबल हुनुपर्ने धारणा राख्नुभयो । उहाँले महिलालाई आर्थिक रुपमा सबल बनाउन सकेमात्र उनीहरू हिंसा बिरुद्ध उत्रन सक्ने जिकिर गर्नुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले हिंसा न्युनीकरण गर्न समान सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । संविधान र कानुनले पनि हिंसा न्युनीकरण गर्न कमजोर पक्षलाई आरक्षणको व्यवस्था गरेको उहाँले बताउनुभयो । अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले पाल्पा जिल्लामा हरेक वर्ष लैङ्गिक हिंसा बढ्दै गएको बताउनुभयो । पछिल्लो पुरुषपनि आर्थिक र सामाजिक रुपमा हिंसामा परेको उहाँले बताउनुभयो । समाजिक डिभिजन कार्यालय पाल्पाका प्रमुख मित्र गौतमले लुम्विनी प्रदेशमा लैंगिक हिंसाका घटना र उजुरीको बारेमा जानकारी दिनुभयो । उहाँले लैंगिक हिंसा न्युनीकरणमा सचेत नागरिकको महत्वपूर्ण भूमिका रहनेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले हिंसामा परेका नागरिकको समयमै उद्दार र उनीहरूको सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नेपाल बार एशोसिएसन पाल्पाका सचिव शान्ति बस्यालले बताउनुभयो । आफू महिला भएपनि महिलामात्र हिंसामा छन् भनेर अहिलेको अवस्थामा भन्न नसकिने उहाँको भनाई छ । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको थियो । कार्यक्रम समन्वय समितिकी उपप्रमुख काशिका ज्ञवालीगैरेको अध्यक्षता र समितिका नायव सुब्बा चन्द्र भुसालको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update