Erani Mahal
टमाटर खेतीकाे एडभान्स तालिम सुरू

पाल्पा - टमाटर खेती सम्बन्धी ५ दिने एडभान्स तालिम सुरू भएकाे छ । माथागढी-३ का किसानलाई लक्षित गरी तालिमकाे  आयाेजना गरिएकाे हाे । 

टमाटर उत्पादन गरिरहेका किसानलाइ व्यवसायिक बनाउने गरी तालिमकाे आयाेजना गरिएकाे माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयाे । 

किसानले अहिले पनि सबै प्रकारका तरकारी थाेरै थाेरै गर्ने प्रचलन रहेकाे भन्दै उहाँले सबै खालका खेती गर्ने परम्पराले मानिसलाइ व्यवसायिक बनाउन राेकेकाे बताउनुभयाे । धेरै खेती गरेका किसान निर्वाहमुखी भएपनि त्यसले धेरै कमाउने बाटाेलाइ बन्द गरेकाे उहाँले बताउनुभयाे । 

talim-1704114617.jpg
 

कार्यक्रमममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले निर्वाहमुखी खेती गरिरहेका किसानका लागि तालिम परिणाममुखी बन्ने विस्वास गर्नुभयाे । तालिममा १६ जना किसानहरूकाे सहभागिता रहेकाे वडा अध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिनुभयाे ।  माथागढी गाउँपालिकाकाे सहयाेगमा तालिम संचालन भएकाे हाे । टमाटर खेती तालिमले यहाँका किसानलाइ व्यवसायिक बनाउन सहयाेग पुग्ने उहाँले बताउनुभयाे । 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update