Erani Mahal
रैनादेवी छहराकाे तरकारी बालि पकेट कार्यक्रममा अनुगमन

पाल्पा - जिल्लको रैनादेवी छहरा गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तरकारी बाली पकेट विकास कार्यक्रम सञ्चालन भएको स्थानमा स्थलगत अनुगमन गरेकाे छ ।   गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तरकारी बाली पकेट विकास कार्यक्रम सञ्चालन भएको स्थानमा अनुगमन गर्दै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिलल्सिनाले व्यवासायिक कृषिबाट मात्रै गाउँकाे विकास सफल हुने बताउनुभयाे ।

 

 

 

अनुगमनकाे क्रममा जिन्सि शाखा प्रमुख  प्रकाश के.सि., कृषि विकास शाखा प्रमुख  सिर्जना थापा लगायत वडाका कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे । 

 

तरकारी बाली पकेट विकास कार्यक्रम २ नं वडाको विन्दवासिनी महिला कृषि सहकारी र ४ नं वडाको  स्वावलम्व कृषक समूह मार्फत सञ्चालन भइरहेको गाउँपालिकाले जनाएकाे छ ।

 
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update