![रैनादेवी छहरा गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु](https://www.eranimahal.com/uploads/posts/421639488_697600222554133_3968188256827620862_n-1705925890.jpg)
पाल्पा - रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा सञ्चालन हुने पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज एक कार्यक्रमका बिच शुभारम्भ भएको छ ।
साेमवार भएको उद्घाटन कार्यक्रम युवा तथा खेलकुद विकास समितिका संयोजक नारायण कार्कीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यता, उपाध्यक्ष युवराज थापा,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाको विशिष्ट आतिथ्यता, गाउँपालिकाका वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू, शिक्षा समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, गाउँपालिकाको कार्यालयका शाखा प्रमुखहरू तथा विद्यालयका प्रधानाध्यापकहरूको आतिथ्यतामा सम्पन्न भएको छ ।
रैनादेवी छहरा – ५ को कटौजेपानी खेल मैदानमा सञ्चालन हुने ३ दिन सम्म चल्ने प्रतियोगितामा गाउँपालिकाका विद्यालयहरूले भलिबल, कबड्डी, एथ्लेटिक्स, सट पुट लगायतका खेलहरुमा सहभागीता जनाइरहेका छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुले रैनादेवी छहरा गाउँपालिकाको प्रतिनिधितत्व गर्दै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
उद्घाटन कार्यक्रममा अध्यक्ष रुक्माङ्गत भट्टराई तथा शिक्षा अधिकृत निशा पाण्डेले सहभागिहरूलाई शुभकामना दिनुभएको थियो । कार्यक्रम सञ्चालन शिक्षा शाखाका प्रा.स. राजाराम भाटले गर्नुभएको थियो ।