Erani Mahal
निस्दी गाउँपालिका ८ सय घरधुरीमा  राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्यो

पाल्पा - जिल्लाको निस्दी गाउँपालिका ८ सय घरधुरीमा नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्‍याइएको छ । ३ हजार ५ सय घरघुरी रहेको उक्त पालिकाको ७ नम्बर वडामा यसअघि कुनै पनि स्रोतको बिजुली पुगेको थिए । त्यस्तै, वडा नम्बर १ र २ मा साँझबिहान लघुजलविद्युत्को बिजुली बाल्ने गरिएको थियो । 

 

पालिकामा संघीय सांसद पाल्पा १ का नारायण आचार्य, विद्युत् प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख नवराज ओझा, निस्दी गाउँपालिकाका प्रमुख मुक्तबहादुर सारुलगायतको उपस्थितिमा आइतबार फ्युज सेन्टर ९नोलाइट० समेत स्थापना गरिएको र १४ वटा लोड सेन्टर सञ्चालनमा ल्याइएको पाल्पा वितरण केन्द्र प्रमुख दिलिप मरासिनीले बताउनुभयाे । 

 

पाल्पा सदरमुकाम तानसेनबाट करिब १ सय किलोमिटरको दूरीमा रहेको अति दुर्गम निस्दीमा नेपाल विद्युत् प्राधिकरणको पाल्पा वितरण केन्द्रले विद्युत् वितरण गर्ने छ । 

 

 

‘विद्युत् पुगेपछि ८ सय घरधुरीमा मिटर जडान  कार्य तीव्र पारेका छौँ,’ उनले भने, ‘यहाँका स्थानीयलाई पाल्पा जान टाढा पर्ने भएकोले मिटरका लागि आवेदन फारमहरु र मिटर गाउँमै ल्याएर वितरण गरिरहेका छौँ ।’ 

palpa-nisdi1-1706074999.jpg
 

हालसम्म बिजुली नपुगेका उक्त पालिका घरहरुमा अहिले स्थानीयले हाउस वायरिङ समेत गरिरहेको र वायरिङ सकिएका घरमा बिजुली समेत बल्न थालिसकेको उहाँले बताउनुभयाे  । बिजुली आएपछि स्थानीय हर्षित भएको उनले बताउनुभयाे । 

 
 
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update