Erani Mahal
माथागढी गाउँपालिका वडा नं. ५ धामिघामा मौरीपालन तालिम

पाल्पा -  माथागढी गाउँपालिका वडा नं. ५ धामिघामा मौरीपालन तालिम सुरु भएको छ । माथागढी गाउँपालिका कृषि शाखाको आयोजनामा ४ दिने मौरीपालन तालिम सुरु भएको हो ।

 

 

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले मौरीले मह बनाउन मेहेनत गरेजस्तै मौरीपालन गर्न किसानले मेहेनत गर्न सके आम्दानीको राम्रो श्रोत हुने बताउनुभयो । अध्यक्ष चिदीले तालिम पश्चात कृषकहरुले ठुलो मात्रामा मह उत्पादन गरे गाउँपालिकाले बजारीकरणमा समेत समन्वय गर्ने बताउनुभयो ।

 

 

तालिम उद्घाटन समारोहमा कार्यपालिका सदस्य पुर्ण सुनार, वडा सदस्य घमिसरा सुनार, मौरीपालन समुहका अध्यक्ष थान बहादुर पल्लीलगाएतले परम्परागत रुपमा हुँदै आएको मौरीपालनलाई व्यवस्थित बनाई व्यवसायिक रुपमा काम गर्नुपर्ने र आयश्रोतको दिगो आधार बन्न सक्ने बताउनुभयो ।

 

 

४ दिने तालिमको पहिलो दिन गाउँपालिकाका कृषि शाखा प्रमुख गौतम थापा, कृषि प्राविधिक शशिकुमार बिष्ट र पशु स्वास्थ्य प्राविधिक विनय यादवले सहजिकरण गर्नुभएको छ ।

 
 
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update