Erani Mahal
माथागढीमा विद्यार्थी र शिक्षकलाई सामाजिक कार्य परियोजना तालिम 

पाल्पा – जिल्लाको माथागढी गाउँपालिकाका विभिन्न विद्यालयहरुलाई सामाजिक एक्सन  (कार्य) परियोजना तालिम दिइएको छ । दुईदिन सम्म चलेको तालिममा सामाजिक समस्याको रुपमा रहेका विभिन्न विषयमा अध्ययन र परियोजना कार्यगर्नको लागि १७ वटा माध्यमिक तथा आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थीलाई तालिम दिइएको हो । तालिम पश्चात विद्यालयका विद्यार्थीले जलवायु परिवर्तन, वातावरण, लैंगिक सशक्तिकरण, भाषाको समन्धमा परियोजना कार्य गर्नेछन् । 

 

 


तालिम समापन समारोहमा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले शिक्षक र विद्यार्थीबीच सिकाई सहजिकरणसँगै सामाजिक समस्या समाधानमा तालिमले सहयोग पुग्ने बताउनुभयो । उहाँले पालिकाले शिक्षा क्षेत्रको विकासको लागि गुणस्तरीय शिक्षा, गुणस्तरीय विद्यालय (सक्षम) कार्यक्रम मार्फत विभिन्न कार्यशाला, तालिम, शिक्षक संजाल गठन लगायतको काम गरेको बताउनुभयो । 

 

 


कार्यक्रममा वडा अध्यक्ष तेज बहादुर घर्ती, सहभागि विद्यालयको तर्फबाट उमा थापा, विद्यार्थी दिव्यज्योति माविका छात्रा सन्ध्या थापा, प्रशिक्षक सोमा श्रेष्ठ लगायतले तालिम प्रभावकारी रुपमा संचालन भएको र आगामि दिनमा समेत यस्तो तालिम दिनुपर्ने बताउनुभयो । कार्यक्रम शिक्षा संयोजक प्रेम बहादुर बारघरेको अध्यक्षता तथा सक्षम कार्यक्रमका फोकल पर्सन लोकेन्द्रथापाको संचालनमा भएको थियो । 
 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update