Erani Mahal
पूर्वमन्त्री पाण्डेद्वारा शुभकामना आदानप्रदान 

पाल्पा – पूर्व उद्योग मन्त्री तथा नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेयले नव वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्नुभएको छ । 

 

 


तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसमा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पाण्डेयले आफूले नयाँ वर्ष र बडादशैंको अवसरमा प्रत्येक वर्ष शुभकामना तथा जलपान गर्ने गरेको बताउनुभयो । उहाँले देशको विकासमा सबैको सहभागिता र सहकार्य जरुरी रहेको बताउनुभयो ।

 

 

उहाँले आफू पदमा नभएपनि पाल्पाली जनताको समस्या र विकासको काममा सदैव खटिदै आएको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष धनेन्द्र राज घिमिरे, नेपाली काँग्रेसका उपसभापति झपेन्द्र गहिरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, राप्रपाको अध्यक्ष डुल बहादुर कुँवर, एकिकृत समाजवादीका जिल्ला अध्यक्ष अशोक कुमार शाही, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले शुभकामना दिनुभयो । 

यस्तै जिल्ला समन्वय प्रमुख टंक खनाल त्रिभुवन क्याम्पस प्रमुख टंक भट्टराइ लगायतले बाेल्दै नयाँ शालले देशकाे विकास र समृद्धि तर्फ जानुपर्ने शुभकामना दिनुभयाे । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update