Erani Mahal
निस्दीका सबै वडा जोड्ने गरेर केम खाम्चा सडकको स्तरउन्नती 

पाल्पा — निस्दी गाउँपालिकामा केम खाम्चा स्मृति सडकको स्तरउन्नती सुरु भएको छ । पाल्पाको निस्दी गाउँपालिका-४, मित्याल क्षेत्रमा सडक स्तरोन्न्तिको काम सुरु भएको हो । सडक स्तरउन्नती भएपछि बाकामलाङ्ग, झिरुवास, सहलकोट क्षेत्रका स्थानीयलाई गाउँपालिका केन्द्र मित्याल जान आउन सहज हुने भएको छ । 

 


 ‘पहिला रामपुर-बेलडाँडा भएर पालिका केन्द्र मित्याल जाँदा खर्च धेरै र समय पनि बर्बाद भएको थियो,’ स्थानीय शिवलाल सोतीले भन्नुभयो, ‘अहिले हिउँदमा गाडी चलाइएको छ । वर्षायाममा पनि चल्ने गरी स्तरोन्नतिको काम पालिकाले सुरु गरेको छ । यसबाट खुसी नहुने कुरै भएन ।’
१८ किलोमिटरमै पालिका पुगिने गरी सडकको स्तरोन्नति भइरहेकोमा खुसी लागेको निस्दी गाउँपालिका-१, बाकामलाङकै झविलाल ढेंगा मगरले बताउनुभयो । उनका अनुसार अहिले रामपुर हुँदै पालिका कार्यालय पुग्न ४० किलोमिटरको यात्रा तय गर्नुपर्छ । 

 


निस्दी गाउँपालिकाले सबै वडा समेट्ने गरी सुरु गरेको ४३ किलोमिटर सडक स्तरोन्नतिको कामले तीव्रता पाएपछि स्थानीय खुसी भएका हुन् । दुई वर्षभित्र सडक स्तरोन्नति सक्नेगरी ‘केम खाम्चा मार्ग’ को कामले तीव्रता पाएपछि निस्दी गाउँपालिका-२, सहलकोटका देवबहादुर रानाले बताउनुभयो । 

 


सडकमा नाली निर्माण, मेसिनरी वाल, ग्याभिन भर्ने, ह्युम पाइप राख्ने लगाएतका कार्य धमाधम भइरहेको छ । २०८२ कात्तिक १२ गते भित्र सम्पन्न गर्ने गरी १५ करोड ६४ लाख ६९ हजार ८ सय ३९ मा सम्झौता भएर काम धमाधम अघि बढेको गाउँपालिकाका लेखा अधिकृत सरोज काफ्लेले जानकारी दिनुभयो ।

 


 गाउँपालिकाको सातमध्ये ६ वडालाई समेट्दै पर्यटकीय मार्ग विकास गर्ने र पालिकामा पहुँच सहज बनाउन गौरवको योजनाका रुपमा अघि बढाएको हो । निस्दी गाउापालिका-१, बाँकामलाङस्थित कालीगण्डकी करिडोर सडकको खुट्टेदेखि ज्यामिरेको होङ्गसी सिमेन्ट सडक चोकसम्म स्तरोन्नति गर्ने गरी काम सुरु भएको हो । 

 


संघीय र प्रदेश समपूरक बजेटमा गाउँपालिकाको लगानीमा ४३ मध्ये ३५ किलोमिटर सडक चौडा, १२ किलोमिटर सडकमा पक्की नाली र त्यति नै क्षेत्रमा ग्राभेल गरिने गाउँपालिकाले जनाएको छ ।

 
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update