Erani Mahal
माथागढीको झडेवामा छाडा कुकुरको बन्ध्याकरण !

पाल्पा – जिल्लाको माथागढी गाउँपालिका वडा नं. ४ झडेवा क्षेत्रमा रहेका सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाको आयोजना तथा माथागढी गाउँपालिका र प्राविधिक तथा अनुसन्धानात्क कार्यको लागि यूवा समूहको प्राविधिक सहयोगमा एक दिन शिविर संचालन गरिएको हो । 

 

 


कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले पछिल्लो समयमा सामुदायिक कुकुरको व्यवस्थापन चुनौतिको विषय बन्दै गइरहेको बताउनुभयो । उहाँले पालिकामा सामुदायिक कुकुरको व्यवस्थापनको लागि स्थानीयको गुनासो र मागको आधारमा कुकुरलाई बन्ध्याकरण गरिएको बताउनुभयो । 

 


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका निमित्त प्रमुख दुर्गा प्रसाद खनाल, वडा अध्यक्ष शंकर दर्लामी लगायतको उपस्थिति रहेको थियो । 

 


शिविर संचालनको लागि स्थानीय समाजसेवी तथा टोल संयोजक चन्द्रदेव पन्थीको सक्रियता रहेको थियो । उहाँका अनुसार छाडा कुकुरको कारण मान्छेलाई हिडडूल गर्न र अन्य पशुचौपायलाई समेत टोकेर सताएको कारण कुकुरको संख्या नियन्त्रणको लागि बन्ध्याकरण गर्नुपरेको बताउनुभयो । 

0ce76a06-fef7-4520-8727-2c263d8f33c5-1717236559.jpeg
 


वडा अध्यक्ष शंकर दर्लामका अनुसार स्थानीयको गुनासो र मागको आधारमा सामुदायिक कुकुरको नियन्त्रणको लागि वडाले पालिका र अन्य निकायसँग समन्वय गरिएको बताउनुभयो । 
 

kaligandaki-karidor-ad-1718529689.jpg
 
 
 
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update