Erani Mahal
आज  पाल्पाकाे तिन्टीआँपमा कृषि मेला

तानसेन – किसानले उत्पादन गरेका कृषिजन्य बस्तुको प्रचार एवं बिक्री गर्न कृषि मेलाको आयोजना गरिएको छ । तानसेनका किसानले उत्पादन गरेका तरकारी तथा फलफुलको प्रचार गर्न तिन्टीआँपमा दोस्रो कृषि मेलाको आयोजना गरिएको हो । मेलाका लागि सबै तयारी भएकाे आयाेजकले जनाएकाे छ । 
आज चैत्र ३ गते तिन्टीआँप खेलमैदानमा प्रदर्शनी हुने मदनपोखरा सङ्गम बहुउद्देयीय सहकारी संस्था लिमिटेडका अध्यक्ष घनस्याम घिमिरेले जानकारी दिनुभयो । कृषि उत्पादन बढाऔँ, परनिर्भरताको अन्त्य गरौँ भन्ने नाराका साथ किसानको आफ्नै मेला दोश्रो कृषि मेला हुने भएको उहाँले बताउनुभयो । 
मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा कुखुरा प्रदर्शनी, कृषि यन्त्र उपकरण प्रदर्शनी, बीउबिजन प्रदर्शनी तथा बिक्रीवितरण, नर्सरी बिरुवा बिक्रीवितरण हुनेछ । यस्तै पशुरोग निदान तथा गोबर परीक्षण, कृषि संवाद कार्यक्रम, कृषि परिकारहरूको स्टल, प्लाण्ट क्लिनिक, जैविक मल उत्पादन प्रदर्शन र माटो परीक्षण गरिने वडा नं. ९ का अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । किसानलाई कृषि क्षेत्र लाग्न प्रोत्साहन गर्न मेलाको आयोजना गरिएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update