Erani Mahal
तानसेन तिन्टीआँपमा दोस्रो कृषि मेला प्रदर्शनी सम्पन्न

तानसेन - “कृषि उत्पादन बढाऔं परनिर्भरताको अन्त गरौं” भन्ने मूल नाराका साथ दोस्रो कृषि मेला प्रदर्शनी २०८० तानसेन ९ तिन्टीआँपमा सम्पन्न भएको छ । मदनपोखरा संगम बहुउद्धेश्यीय सहकारी संस्थाको आयोजना तथा तानसेन नगरपालिका वडा नं ९ को प्रर्वद्धनात्मक सहयोगमा कृषि मेला सम्पन्न भएको हो ।

मेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य ठाकुर प्रशाद गैरेले यस्तो खालको कृषि कार्यक्रमले किसानको श्रमलाइ सम्मान गर्न सघाउ पु¥याउने बताउदै किसानले आफुले उत्पादन गरेको बस्तुको उचित मुल्यका लागी आफुले सदनमा कुरा उठाएको समेत बताउनुभयो । सांसद गैरेले कृषि क्षेत्रमा मदनपोखराले देशमै छुट्टै पहिचान बनाएको कुरामा जोड दिदै २००८ साल तिरै भउको कृषि आन्दोलन मदनपोखरा बाटै सुरु भएकोमा मदनपोखरेलीमा सधै गर्व गर्न सकिने बताउनुभयो ।

यस्तै संविधान सभा सदसय तथा नेपाल सरकारका पूर्व उद्याेगमन्त्री सोमप्रसाद पाण्डेले मदनपोखराले कृषि क्षेत्रमा गरेको लगन, परिश्रमले गर्दानै आजको मदनपोखरामा परिचित भएको बताउदै यँहाका कृषकहरुको दुखसुखमा आफू सधै साथमा रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला संमन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, जिल्ला संमन्वय समिति पाल्पाका उपप्रमुख काशिका ज्ञवाली, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, माथागढी गाँउपालिका अध्यक्ष यमबहादुर चिदि, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम राना, पाल्पा उद्याेग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराइलगायतले कृषि क्षेत्रमा भएका समस्याहरुका बारेमा सबै सम्बन्धित निकाय गम्भीर भएर लाग्नु पर्ने बताउँदै एउटा कृषकलाई म कृषक हुँ भनेर गर्व गर्नको लागि सबैको सहयोग हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमकै अवसरमा मदनपोखरामा कृषि क्षेत्रमा अमुल्य योगदान पुर्याउनु भएका चार जना कृषकहरुलाई सम्मान समेत गरिएको छ । एक प्रसाद भण्डारि, धुव्रप्रसाद भण्डारी, इन्द्र प्रसाद पौडयाल र रोमबहादुर रानालाई सम्मान गरिएको हो । मेलामा किसानले विभिन्न कृषि उत्पादन सम्बन्धी स्टल राखिएको थियो खाद्यान्न, तरकारी , फलफुल , दलहन , तेलहनका सामाग्री प्रर्दशनमा राखीएको हो केरा, तरुल, फर्सी, मकै, धान, पिँडालु, विभिन्न प्रजातिका विरुवा, घरेलु कृषि औजार राखिएका थिए।

5a74db8a-6036-493e-9643-8909cfaa4376-1710598071.jpg

432438451_787837250033028_7093012335498667572_n-1710597995.jpg

प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषि यन्त्र उपकरण, बीउविजन, नर्सरी विरुवा प्रदर्शनी तथा बिक्रीवितरण स्टल राखिएकाो सहकारीका अध्यक्ष घनश्याम घिमिरेले बताउनुभयो । किसानको मेहनतलाई सम्मान गर्न र थप उत्साहित बनाउन मेला आयोजना गरेको वडाध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो ‘मदनपोखराका किसान मेहनती, परिश्रमी स्वालम्बी, र पौरखी छन् । किसानले गरेको कृषि कर्मलाई प्रोत्साहन दिन उनीहरूकै प्रत्यक्ष सहभागीतमा कृषि मेला तथा प्रदर्शनी गरिएको हो’, उहाँले भन्नुभयो ‘यहाँ कृषि उत्पादन बढाउन र परनिर्भरता अन्त्य गर्न वडा विस्तृत योजना बनाएर अगाडि बढेको छ।’

यहाँ उत्पादन भएको तरकारी तानसेन बजार, बुटवल पोखरासम्म निर्यात हुन्छ। मेला सहकारीका अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षता र छवी भट्टराइको संचालनमा सम्पन्न भएको हो । मेलाका अबशरमा बिभिन्न टोल समुहको झाँकी प्रर्दशन तथा विभिन्न बिद्यालयले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । राष्ट्रिय कलाकार पशुपति शर्माले मेलामा सांगीतिक प्रस्तुती समेत दिनुभएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update