Erani Mahal
पूर्वखाेलाका १० जना संक्रमितलाई रम्भाकाे आइसाेलेसन सेन्टरमा राखियाे
ii
पाल्पा - पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाको संयुत्त सहकार्यमा रम्भा माविकाे ताहुमा २५ शैयाको आइशाेलेशन स्थापना गरिएकाे छ । पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले पूर्वखोला गाउँपालिकाको कोरोना भाइरस पोजेटिभ देखिएको जतिलाइ रम्भा माविको आइशाेलेसनमा राखिने र उहाँहरुको सम्पूर्ण व्यवस्थापन गाउपालिकाले गर्ने उहाँले बताउनुभयाे । उनीहरू संक्रमित भएकाे तीन दिनअघि रिपाेर्ट आएकाे थियाे । यस्तै रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भडारीले कोरोना भाइरस पोजेटिभ देखिएकाहरुलाइ लुम्बिनी मेडिकल कलेजको आइसाेलेसनमा राखिएको र थप बाँकीलाइ रम्भा माविको आइशाेलेसनमा राखिने बताउनुभयाे । उहाँले आवश्यकता अनुसार आइशुलेसनको बेड संख्या थपिने बताउनुभयो । रम्भा र पूर्वखोलामा जम्मा २८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । पूर्वखोला गाउँपालिकाले गाउँपालिकाले २७२ जनाको पीसीआरका लागि स्वाब संकलन गरी भैरहवा पठाएकाे छ । हालसम्म ५० जनाको रिपोट आइसकेको गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालले जानकारी दिनुभएकाे छ ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update