Erani Mahal
लुम्बिनी प्रदेश सभामा एमालेको नाराबाजी
Untitled-11635411803
बुटवल - लुम्बिनी प्रदेश सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ। निर्धारित समयभन्दा आधा घण्टा ढिलागरी सुरु भएको बैठकमा एमालेका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । एमालेका प्रदेश सभा सदस्य नारायण आचार्यले एमालेले कारबाही गरेका दुई सांसद पद मुक्त नहुँदासम्म सदन चल्न नदिने एमालेको अडान रहेको दोहोर्‍याएका थिए। बैठकमा प्रदेश सभा सदस्यहरूले शून्य र विशेष समयमा बोल्ने, वन, वातावरण तथा भू-संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालबाट वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीबाट जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भई निर्णयार्थ पेस हुने कार्यसूची रहेको थियो । अहिले लुम्बिनी प्रदेश सभाको बैठक आधाघण्टाका लागि स्थगित भएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update