Erani Mahal
तानसेनकाे अर्गलीमा 'पाल्पा-अर्गली' महोत्सव हुृने
s
पाल्पा – पाल्पाकाे तानसेन-१४, अर्गलीमा 'पाल्पा अर्गली महोत्सव' हुने भएको छ । अर्गली जनचेतना युवा मञ्च तानसेन नगरपालिका–११ अर्गली, पाल्पाको आयोजनामा पर्यटन तथा कृषि क्षेत्रको प्रवर्धनका लागि अर्गली–पाल्पा महोत्सव गर्न लागिएको हो । "पाल्पा,गुल्मी,स्याङ्जाको संगमस्थल रुरु धाम जाउ, संस्कृती तथा पर्यटन प्रवर्धनमा टेवा पुर्याउ" भन्ने मुल नाराआगामी चैत्र १७ गते देखि २७ गते सम्म सञ्चालन हुने महोत्सवका लागि प्रारम्भिक तयारीका कामहरु सुरु भएको अर्गली जनचेतना युवा मञ्चका अध्यक्ष अर्जुन कौशलले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयोे । विशेष गरी पर्यटन तथा कृषि क्षेत्रको प्रवर्धन गर्ने गरी सञ्चालन गर्न लागिएको मेलाका लागि मुख्य प्रायोजन र सह प्रायोजन गर्ने संघ संस्थाहरुसंग समन्वय गर्ने तथा टिकट, गेट, ब्यानर लगायतका स्पोन्सरका लागि पनि विभिन्न संघ संस्थाहरुसंग छलफल तथा परामर्श भैरहेको अध्यक्ष कौशलले बताउनुभयो । पत्रकार सम्मेलनमा नेकपा माओवादी पाल्पाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले ऐतिहासिक धार्मिक र पर्यटनका हिसावले प्रसिद्ध रिडीधामको विकास र विस्तारका लागि आयोजना गर्न लागिएको महोत्सव अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले धार्मिक र पर्यटन क्षेत्रको विकास हुनु भनेको सबैका लागि खुसीको कुरा हो, त्यसैले सबैले आ–आफ्नो ठाउँबाट सहयोग रहने समेत प्रतिवद्धता व्यक्त गर्नुभयोे । तानसेन नगरपालिका १४ का वडा अध्यक्ष कमल रानाले स्थानीय कला, संस्कृति, कृषि र पर्यटनको विकास र विस्तारका लागि गर्न लागिएको महोत्सवमा वडा कार्यालयको सहयोग रहने बताउनुभयो । उहाँले धार्मिक स्थलमा प्राकृतिक आँच नआउने गरी महोत्सव गर्न क्लवलाई अनुरोध समेत गर्नुभयोे । महोत्सवमा सास्कृतीक कार्यक्रम तर्फ स्थानीय संस्कृति समेटिएको झाँकी, भजन कृतन, माैलिक सालाैजाे, साेरठी, झ्याउरे र स्थानीय देखि राष्ट्रिय कलाकार सम्मको प्रस्तुति रहने छ । साथै अन्य आकर्षणमा बाल उधान,विभिन्न खानाका स्टलहरू,कालीगण्डकि नदिमा रयाफटिंगकाे आन्नद लिन सकिने आयाेजकले जनाएको छ । पाल्पाको तानसेन नगरपालिका–१४, रूरू क्षेत्र धाममा हुने महोत्सवमा कृषि प्रदर्शनी, कुटिर उधाेगबाट उत्पादित उत्पादन तथा वस्तुको प्रदर्शन, हस्तकलाका उत्पादन सामाग्री, दैनिक उपभाेग्य वस्तु र स्वदेशी तथा विदेशी लत्ताकपडाका स्टल लगायतका पाल्पा, गुल्मी, स्याङ्जालाई चिनाउने कृषि उत्पादन वस्तुलाई आकर्षकका रुपमा राखिने छ । जिल्लाकाे रूरू क्षेत्रलाई अझै प्रचारप्रसार गर्ने, एसियाकै पहिलो तीनमुखे पुलकाे प्रचारप्रसार गर्ने , स्थानीय उत्पादनको परिचय गराई निर्यात व्यापार वृद्धि गर्ने र रिडिमै निर्माण गर्ने शव यात्री पाैवालाई निरन्तरता दिने लगायतका उद्देश्यले महोत्सव गर्न लागिएको क्लबले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update