Erani Mahal
आदर्श भूपू सैनिक संस्था रामपुरको नेतृत्व पूर्नगठन
Bhupu
पाल्पा-संगठनिक र सामाजिक सस्था आदर्श भू.पू. सैनिक संस्था रामपुरको ९ औं अधिवेशनले हवल्दार पूर्ण बहादुर थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा सरस्वती डोटेल, सचिवमा अनेरी नायव सुवेदा पूर्ण बहादुर राना, कोषाध्यक्षमा अनेरी नायव सुवेदार तिल बहादुर राना, सदस्यहरुमा सुवेदार गणेश बहादुर क्षेत्री, अनेरी हवल्दार धन बहादुर थापा (रामप्रसाद), अनेरी हवल्दार ऋषिराम श्रेष्ठ, हवल्दार थमन बहादुर थापा, हवल्दार औं बहादुर थापालाई चयन गरेको छ । अधिबेशनमा संस्थाका प्रधान संरक्षक क्याप्टेन धन बहादुर रानाले सस्थाले धेरै सामाजिक काम गर्दै आएको बताउनुभयो । सस्थाका अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठको अध्यक्षतामा चलेको कार्यक्रममा उपाध्यक्ष सीता प्रधानले स्वागत र कार्यक्रमको सञ्चालन सचिव अनेरी नायव सुवेदार पूर्ण बहादुर रानाले गर्नु भएको हो ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update