Erani Mahal
वाइसिएल तानसेनको भेला तथा प्रशिक्षण कार्यक्रम
ycl (1)
पाल्पा– नेकपा माओवादी केन्द्रको युवा संगठन योङ् कम्यूनिष्ट लिग नेपाल पाल्पाको भेला तथा प्रशिक्षण कार्यक्रम तानसेनमा भएको छ । स्वागत धनेन्द्र घिमिरेले गर्नुभएको थियो, कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला सहइन्चार्ज अनिलकिशोर घिमिरेले माओवादी आन्दोलनको परिवर्तनलाई संस्थागत गर्न सबै युवाहरु एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले देशमा विकास, स्थिरताको लागि गाउँदेखि केन्द्रसम्म माओवादी केन्द्रको सरकार बन्नुपर्ने बताउनुभयो । माओवादीको नीति अरु दलको नेतृत्व भएका कारण नेपालमा राजनीतिक, सामाजिक अस्थिरता हुनुको साथै आर्थिक विकासमा पछाडि परेको बताउँदै घिमिरेले जसको नीति उसैको नेतृत्वको लागि माओवादी केन्द्रलाई आगामि निर्वाचनमा विजयी बनाउनुपर्ने बताउनुभयो । यस्तै जिल्ला संयोजक नेत्र पाण्डे, प्रदेश सदस्य मथुरा ढकाल, युवराज थापाले मन्तव्य राख्दै माओवादी केन्द्रमा सबै दलहरु गोलबन्द हुनुपर्ने बताउनुभयो । भेलाले नवीन घिमिरेको अध्यक्षतामा वाइसिएल कगर कमिटि गठन गरेको छ । जसमा मनिष रावल उपाध्यक्ष, चेतन फाल मगर उपाध्यक्ष, सुरेश बिष्ट सचिब, मीन अर्घाली सहसचिव ,महेश कार्की कोषाध्यक्ष सहित ५१ सदस्यीय वाइसीएल तानसेन नगर समिति गठन गरेको छ । गोकुल पौडेलको अध्यक्षतामा भएको कार्यक्रको संचालन उमा बिकले गर्नुभएको थियो । भेलामा २ सय जना युवाहरुको सहभागिता रहेको थियो । भेलामा अन्य पार्टीका दुईदर्जन बढी युवाहरु वाइसिएलमा प्रवेश समेत गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update