Erani Mahal
गौरीशंकर माविको ६२ औं वार्षिकोत्सब सम्पन्न
316866229_1307275733393879_9034815221610493108_n
पाल्पा- गौरीशंकर माध्यमिक विद्यालय निस्दी-४,मित्यालको ६२ औं वार्षिकोत्सब सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपिन्द्र सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन मित्यालका वडा अध्यक्ष सन्तवीर सुनारीले गर्नुभएको हो । विद्यालयका शिक्षक दान बहादुर सोमैको स्वागतबाट शुरु भएको कार्यक्रममा प्रधानाध्यापक केश बहादुर सुनारीले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । प्रधानाध्यापक सुनारीले आर्थिक वर्ष २०७८/०७९ को १ करोड ३७ लाख ५८ हजार ४ सय १५ रुपैयाँ ३० पैसा बराबरको आमदानी खर्च विवरण सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा विभिन्न अक्षयकोषबाट छात्रवृत्ति तथा अतिरिक्त क्रियाकलाप एवं गतवर्षको पुरस्कार वितरण गरेको छ । वार्षिकोत्सब समारोहमा वडा अध्यक्ष सन्तवीर सुनारी , शिक्षा शाखा संयोजक नर बहादुर थापा , समाजसेवी , बुद्धिजीवी लगायतले विद्यालयको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य राख्नुभएको हो । वार्षिकोत्सब समारोहलाई अभिभावकबीचको गाउँखाने कथा र विद्यार्थीहरुद्वारा प्रस्तुत नृत्यले रोचक बनाएको थियोे । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किरण बाबु सुवेदीले गर्नुभएको हो ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update