Erani Mahal
निस्दी मित्यालको सार्वजनिक सुनुवाई सम्पन्न
319166844_874209907260277_5222212414827488369_n
पाल्पा - निस्दी गाउँपालिका - ४ , मित्यालको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष सन्तवीर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा , गत आर्थिक वर्षको योजना समिक्षा तथा प्रगति प्रतिवेदन एवं चालु आर्थिक वर्षको योजना सार्वजनिक गरेको छ । वडा सहायक सहवीर खन्गाहाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गत आर्थिक वर्ष ८ लाख २५ हजार ३ सय २५ रुपैयाँ आन्तरिक राजस्व संकलन भएको जानकारी दिनुभएको छ । साथै गत आर्थिक वर्ष मित्यालमा ८ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार पाएको प्रतिवेदनमा उल्लेख छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ८ घरले सेवा पाएको र २५ घर परिवारले कर्कतपाटा पाएको प्रतिवेदनमा उल्लेख छ। गत आर्थिक वर्षमा मित्यालका ११ घर परिवार बसाइँसराइ गएको , १ जोडी दम्पतीको सम्बन्ध विच्छेद भएको र १ सय ४० जनाले नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस लिएको प्रतिवेदनमा उल्लेख रहेको छ । यसैगरी ६९ जनाको जन्मदर्ता , २५ वटा विवाह दर्ता र २२ जनाको मृत्यु दर्ता भएको प्रतिवेदनमा उल्लेख रहेको छ । साथै निस्दी गाउँपालिकाबाट चालु आर्थिक वर्षमा मित्याललाई प्राप्त ३० वटा योजनाको सार्वजनिक गरेको छ । कार्यक्रममा सहभागीले सामुदायिक विधुतको काम ढिलो हुनु , खानेपानीको समस्या , मोटरबाटोको स्तरउन्नति गर्न आवस्यक , प्राविधिक तथा उच्च शिक्षाको आवस्यकता जस्ता विषयमा चासो राखेका छन । साथै बाल विवाह न्यूनीकरणको लागि विशेष कार्यक्रमको आवश्यकता , कृषिमा आधुनिकीकरण , युवा लक्षित कार्यक्रम , महिला सशक्तीकरण जस्ता विषयमा जिज्ञासा राखेका छन । कार्यक्रममा उठेका जिज्ञासाको जवाफ निस्दी गाउँपालिका लेखा अधिकृत सरोज काफ्ले , वडा सचिव नारायण तिमिल्सिना लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले दिएका थिए । अध्यक्षको आसनबाट बोल्नुहुँदै वडा अध्यक्ष सुनारीले मित्याललाई सुशासन मैत्री , पारदर्शिता र निष्पक्षता वडा बनाउनेतर्फ लागिपरेको बताउनुभएको छ । सुनारीले सम्पुर्ण राजनैतिक दल , समाजसेवी , बुद्धिजीवी , कर्मचारी , नागरिक समाज , संघसंस्था सबैसँग समन्वय गर्दै अगाडि बढने प्रतिबद्धता गर्नुभएको छ । वडा सदस्य हेम कुमारी सुनारीको स्वागतबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार पुनाराम सुनारीले गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update