Erani Mahal
निस्दीको पाँचौं अध्यक्ष कपको उपाधि गल्धालाई
nisdii1
पाल्पा - निस्दी गाउँपालिकाको पाचौं अध्यक्ष कप भलिबलको उपाधि गल्धाले हात परेको छ । शुक्रबार सम्पन्न पुरुष तथा महिला भलिबल तर्फको दुबै उपाधि गल्धाले हात परेको हो । गएको पुस २७ गतेदेखि झिरुबासको काउले डाँडामा सञ्चालन भएको खेल बिहीबार सम्पन्न भएको हो । पुरुष भलिबलतर्फ विजेता गल्धा उपविजेता सहलकोट तृतीय ज्यामिरे र सान्त्वना झिरुबास भएका छन । महिलातर्फ विजेता गल्धा उपविजेता मित्याल तृतीय सहलकोट र सान्त्वना ज्यामिरे भएका छन् । पुरुष तर्फ विजेता समूहले नगद ५५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसैगरी उपबिजेताले नगद ४० हजार, तृतीयले नगद २५ हजार र सान्त्वनाले नगद १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसैगरी महिला तर्फ विजेताले नगद ३२ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेताले नगद २४ हजार, तृतीयले नगद १६ हजार र सान्त्वनाले नगद ८ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । निस्दी-३, झिरुबासका अध्यक्ष नविन्द्र थापा सोतीको अध्यक्षतामा भएको खेलमा पुरस्कृत समुहलाई गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कार प्रदान गर्नुहुँदै अध्यक्ष सारुले खेलको मध्यमबाट पनि आफु र आफ्नो ठाउँको गरिमा बढाउन सकिने बताउनुभएको छ । अध्यक्ष सारुले पछिल्लो समयमा भलिबल खेलको सबैतिर महत्त्व बढदै गएको बताउनुहुँदै आगामी दिनमा पालिका खेल क्षेत्रमा विकासको लागि विशेष योजना ल्याउने बताउनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update