Erani Mahal
दोभान माविको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अन्तरक्रिया
327684852_879982326608921_882555957839120735_n
पाल्पा – जिल्लाको दोभान माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अन्तरक्रिया कार्यक्रम गरिएको छ । विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक र शिक्षकहरुबिच परिचयात्मक र शैक्षिक अन्तर्रक्रिया कार्यक्रम गरिएको हो । बिब्यसका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा तिनाउ गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३९ जनाको सहभागिता रहेको थियो । विद्यालयका प्रअ सुर्य प्रसाद पौडेलकोस्वागतमा भएको उक्त कार्यक्रमको सञ्चालन गोपाल केसीले गर्नुभएको थियो । कार्यक्रममा तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले गाउँपालिकाको केन्द्र देखि सबैभन्दा नजिक रहेको यस दोभान मा वि मा पालिकाको सधैं नै नजर पर्नै हुदा शैक्षिक गुणस्तर कायम गर्न मुख्यतया शिक्षकहरुनै क्रियाशील हुनुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवर,लेखा अधिकृत शंकर पुरी,शिक्षक अभिभावक संघका अध्यक्ष चक्रब्युह थापा लगायतले शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताउनु भएको थियो । २४ शिक्षक र समितिका अन्य सदस्यहरुले विद्यालयमा देखा परेका समस्या र समाधानका उपाय र सम्पूर्ण पक्षको भूमिका बारे बताएका थिए ।
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update