Erani Mahal
उद्योग वाणिज्य संघको केन्द्रीय सदस्यमा मोहन श्रेष्ठको उम्मेद्वारी
69398100
पाल्पा – नेपाल उध्योग बाणिज्य महासंघको आगामी चैत्र २८ र २९ गते हुन गईरहेको महाअधिबेशनमा पाल्पाबाट मोहनप्रसाद श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुहुने भएको छ । संघको पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश कमिटि कोषाध्यक्ष समेत रहनुभएका श्रेष्ठले जिल्ला नगर क्षेत्रको सहयोगमा केन्द्रीय सदस्यको लागि उम्मेद्वारी घाेषणा गर्नु भएको छ । संघको पाल्पामा बसेको बैठकले केन्द्रीय सदस्यमा श्रेष्ठलाई सहयोग गर्न आग्रह समेत गरेको छ अध्यक्ष शैलेन्द्र भट्टराईले भन्नुभयो, देश भरिका सबै जिल्ला नगर उध्योग बाणिज्य संघको सहयोग र सद्भाबको अपेक्षा गरिएको छ । विश्वास छ भए सर्वसम्मत नभए निर्वाचनबाट भएपछि संघमा उहाँको विजयी हुनेछ । श्रेष्ठले पछिल्लो समयमा कोरोना पछि व्यवसायीहरु धारासायी बन्दै गइरहेको, घरबाहल, बैंक लोन जस्ता समस्या, व्यवसायिक हक हितको सुरक्षाको लागि आफूले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको र विजयी भएमा यि प्रतिवद्धताहरु पूरा गर्ने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update