Erani Mahal
पाल्पा रामपुरबाट भारतको विभिन्न विद्यालयको अवलोकन भ्रमण
Ram Tulsi (1)
पाल्पा - रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पाको पहलमा भारतको विभिन्न विद्यालयको अवलोकन भ्रमण गरिएकाे छ । विद्यालय व्यवस्थापन समिति रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्ले पूर्वी पाल्पा स्थित विभिन्न माध्यमिक विद्यालय दरैठाटिी मावि,गंगा मावि,नवदुर्गा मावि ,सिताराम मावि,कृष्णा देवि मावि ,आधारभुत विद्यालय रामपुर पाल्पा र जलदेवि आधारभुत विद्यालय निस्दीका प्रधानाध्यापकहरू, रामपुर नगरपालिका वडानम्वर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल ,वडा नम्वर७ का वडाअध्यक्ष दोवराज तिवारी र वडा नम्वर ४ का वडा अध्यक्ष राम बहादुर राना जनप्रतिनिधीहरूसहितको प्रतिनिधी मण्डलले भारत शैक्षिक अध्यन भ्रमण सम्पन्न गरेको छ । लगनशिल सामाजिक व्यक्तित्व सन्दिप रानाको नेत्रृत्वमा फागुन १५ गते विहान रामपुर बाट निस्कीएको भ्रमणको टोलीले भ्रमणका क्रममा गोरखपुर स्थित जीपिएन पब्लिक विद्यालयबाट आफ्नो अध्यन भ्रमण प्रारम्भ गरी भारतको उत्तर प्रदेशको माध्यमिक तह शिक्षा विभाग लखनऊ, कस्तूरबा गान्धी कन्या आवासीय विद्यालय लखनऊ, श्री नवयुग विद्यालय सरोजनी नगर नयाँदिल्ली, र केन्द्रीय विद्यालय दिल्ली केण्ट र गुरुकुलम वात्सल्या ग्राम मथुरा वृंदावन जस्ता प्रतिष्ठित शैक्षिक संस्थाहरूमा भ्रमण गरी शैक्षिक व्यवस्था अध्यन गरेको हो । भारतका प्राध्यापक र विद्यार्थीहरू बीच नेपाल९भारत शिक्षा व्यवस्था सम्बन्धमा अनुभव आदानप्रदान गरेको छ । शैक्षिक अध्यन भ्रमणका क्रममा उत्तर प्रदेशको माहामहिम मुख्यमन्त्री श्री योगी आदित्यनाथ संग शिष्टाचार भेट भयो । मुख्यमन्त्रीको नेपाल प्रति आदर र नेपाली प्रति स्नेहपूर्ण सदभाव वक्तव्यले नेपाल९भारतको अलौकिक सम्बन्ध भएको अनुभुत भएको छ । भेटका क्रममा नेपाली भ्रमण टोलीको तर्फबाट सामाजिक व्यक्तित्व सन्दिप रानाले अध्यान भ्रमणको उदेश्य बारे जानकारी गराउनु भएको थियो । भारत उत्तरप्रदेशको विभिन्न शैक्षिक संस्थाहरूको अध्यन भ्रमण र प्रदेश सरकारको शिक्षा विभाग द्वारा माध्यमिक शिक्षा संचालन पद्दती प्रतिनिधीमण्डलले भ्रमण क्रममा भारत सरकारको । शिक्षा मन्त्री, उत्तरप्रदेश सरकारको । मुख्यमन्त्री, नेपाली महामहिम राजदूत, नेपाली दूतावास स्थित शिक्षा एवं सांस्कृतिक काउन्सिलर एवं शिक्षा सरोकार राख्नेवाला अनेकौं बुद्धिजीवी हरू संग भेटघाट गरेको छ । भ्रमण क्रममा मा। शिक्षा मन्त्री भारत सरकार, श्री धर्मेन्द्र प्रधानले दुवै देशका शिक्षा सरोकारवालाहरूको एकै स्वरमा आवाज रहेको भन्दै ूएकआपसी सहयोगमा दुवै राष्ट्र मिलेर शैक्षिक गुणस्तर बढ़ाउन हातेमालो गर्नुपर्छ भन्नु भएको छ । कार्यक्रममा वहाले नेपालको शैक्षिक गुणस्तर बढाउन ५० जना शिक्षकलाइ तालिमको व्यवस्था गरिदिने घोषणा पनि गर्नु भएको छ । शैक्षिक अध्यन भ्रमण क्रममा भारतको लागी नेपाली महामहिम राजदूत डॉ। शंकर शर्मा र शिक्षा एवं सांस्कृतिक काउन्सिलर श्री यदुनाथ पौडेल संग नेपाली राजदूतावास नयाँदिल्लीमा शिष्टाचार भेट गरी भ्रमण दौरानको अनुभव साटासाट गरिएको हो । साटासाटको क्रममा भ्रमण टोलिको तर्फबाट रामतुलसी विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौड्यालले बताउनु भएको हो । रामतुलसी मा वि रामपुर व्यवस्थापन समितिको अध्यक्षतामा २६ गते भ्रमणलाइ सहज अझ उपलब्धी मुलक बनाउन सहयोग गर्नु हुने युवा समाजसवि सन्दिप रानालाइ एक कार्यक्रमका विच सम्मान गरिएको हो । कार्यक्रममा समाजसेवि रानाले शैक्षिक विकासका लागि यस भ्रमणले महत्वपुर्ण टेवा पुग्ने विश्वास लिएको बताउदै विभिन्न दार्शनिकको सिदान्त सुनाउदै प्रयोगात्मक शिक्षामा जोड दिनु पर्नै बताउनु भएको छ । कार्यक्रममा भारतको तुलनामा नेपालका विद्यालय पनि कमजोर छैन तर सोच बदलिन आवश्यक रहेको बताउनु भएको छ । कार्यक्रममा विद्यालयका प्रधानध्यापक बालकृष्ण लाम्सालको स्वागत मन्तव्य बाट शुरु भएको विद्यालयमा भ्रमण टोलीले पालैपालो अनुभव बताउनु भएको हो । कार्यक्रमको संचालन शिक्षक लेखनाथ मरासिनीले गर्नु भएको हो । अति सदभावीय आत्मीयताको साथ भ्रमणलाई सुगमता र उपलब्धिमुलक बनाउनु सहयोग गर्नु हुने युवा समाजसेवि सामाजिक व्यक्तित्व सन्दिप रानालाइ रामतुलसी विद्यालयको तर्फबाट र व्यवस्थापन समितिको तर्फ बाट धन्यबाद तथा कृतज्ञता प्रकट गर्नु चाहान्छौ ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update