Erani Mahal
निस्दीको गोरखनाथ माविमा शुभकामना तथा फेरि भेटौला कार्यक्रम
stu
पाल्पा - गोरखनाथ माध्यमिक विद्यालय निस्दी-६,अर्चले,पाल्पामा शुभकामना तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० मा पढ्ने र यस पटक एस.ई.ई परीक्षा दिने विद्यार्थीहरुलाई उक्त कार्यक्रम गरेको हो । ]कक्षा ९ का विद्यार्थी अभिषेक खन्गाहाको अध्यक्षतामा भएको कार्यक्रमको मुख्य पाहुना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलु गैरे रहनु भएको हो । परीक्षा विद्यार्थी जीवनमा नियमित भइ रहने प्रक्रिया भएको बिना संकोच,डर र त्रासमा परीक्षा नदिन अध्यक्ष गैरेले बताउनुभयो । कार्यक्रममा अध्यक्ष गैरेले यस शैक्षिकसत्र देखि कक्षा ११ सन्चालन हुने बताउनु हुँदै शौक्षिक प्रगतिको कामना गर्नुभयो । कार्यक्रम प्रधानाध्यापक ईश्वरी प्रसाद अर्यालले शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन विद्यालय नियमित लागेको बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण बहादुर सोमै,कक्षा १० का विद्यार्थी केश कुमारी गाहा,कुशल नेपाली लगायतले बोल्नुभएको थियो । वडामा एक मात्र माध्यमिक विद्यालय रहेको गोरखनाथमा यस पटकको एस.ई.ई. परीक्षामा छात्र १४ जना र छात्रा १९ गरि ३३ जना विद्यार्थीहरुको सहभागिता रहने विद्यालयले जनाएको छ । कक्षा ९ का विद्यार्थी तुल्सी खण्डलुले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन रोशन नेपालीले गर्नुभएको हो ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update