Erani Mahal
साहित्यकार पन्थको कृति लोकार्पण
335597976_599785418488034_3529163229505563967_n
पाल्पा - त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा प्राध्यापनरत साहित्यकार डा. टंकप्रसाद पन्थद्वारा लिखित ‘पाल्पाको साहित्येतिहास र अन्य समालोचना’ नामक समालोचनात्मक कृतिको लोकार्पण गरिएको छ । शनिबार तानसेनमा एक कार्यक्रमका बीच पन्तद्वारा लिखित कृति लोकार्पण गरिएको हो । कृतिको लोकार्पण गर्नुहुँदै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले कृतिको लोकार्पण गर्नुहुँदै कृतिभित्र साहित्यका विविध विषय समेटिएकाे । उहाँले लेखककाे निरन्तरकाे मिहनेत र साधनाले कृति पठनयाेग्य रहेकाे उल्लेख गर्नुभयाे । कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंकप्रसाद भट्टराईले नेपाली भाषा, कला, साहित्य र समालोचनाका क्षेत्रमा पन्थको लेखन सशक्त रहेको कुरा व्यक्त गर्नुभयो । पन्थकृत कृतिलाई समीक्षक साहित्यकार डा. शंकरप्रसाद गैरेले नेपाली समालोचनाको श्रृवृद्धिमा बेजोड कलमको उपजका रूपमा कृति प्रस्तुत भएको भन्दै समालोचकीय कर्ममा लागेका र अध्ययनशील सबैका निम्ति यो कृति उपयोगी रहेको कुरासमेत व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update